घटस्थापनापछि तीनदिन विद्यालय सञ्चालन गर्न अधिकारीको निर्देशन
नुवाकोट । नुवाकाेटकाे तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले दसैंको घटस्थापना पछिका तीन दिन विद्यालय संचालन गर्न निर्दशन दिएका छन्र ।

जेन जी आन्दोलनका कारण सिर्जित विषम परिस्थितिमा भएको एक साताको बन्दले वार्षिक शैक्षिक तालिकामा पारेको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले दसैंको घटस्थापनापछिका ३ दिन (७ देखि ९ असोज) गाउँपालिकाभरिका सबै विद्यालय सञ्चालन गर्न अध्यक्ष अधिकारीले शनिवार निर्देशन दिएका हुन ।
अध्यक्ष अधिकारीको प्रस्तावमा गाउँ कार्यपालिकाको यही असाेज २ गते बसेकाे बैठकले सो सम्बन्धमा सर्वसम्मत निर्णय गरेको थियो ।
अध्यक्ष अधिकारीले विषम परिस्थितिले निम्त्याएको क्षतिको परिपूरणका निम्ति शैक्षिक क्यालेण्डरमा गर्नुपरेको बाध्यात्मक संशोधनलाई सकारात्मक रूपमा ग्रहण गरी स्वत:स्फूर्त ढङ्गले विद्यालय खोली पूर्ण क्षमतामा पठन पाठन सञ्चालन गर्नुहुन सम्पूर्ण शिक्षकहरूमा आग्रह सहित निर्देश दिए ।

शिक्षकहरूको श्रीवृद्धि र सुविधाका विषयलाई गाउँपालिकाले सदैव प्राथमिकतामा राखी काम गरिरहेको तथ्यलाई मनन गर्दै विद्यार्थीप्रतिको दायित्वपूर्ति गर्ने समयमा शिक्षकहरूबाट कुनै हिचकिचाहट हुने छैन भन्ने विश्वासका साथ यसअघि नै बिदामा बसेका शिक्षकहरूलाई समेत विद्यालयमा हाजिर गराई पठन पाठनमा लाग्न उनले सबै विद्यालका प्रध्यानाअध्यापकहरूलाइर निर्दशन दिएका छन्।
अधिकारीको निर्देशनसँगै तारकेश्वर गाउँपालिकामा अब घटस्थापनाको तीनदिनसम्म विद्यालय संचालन गर्नुपर्ने भएको छ ।
यसअघि विद्यालयहरु दशैको घटस्थापनादेखि नै बन्द हुने गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया