भण्डारीको पुनरागमनसँगै पार्टीमा खैलाबैला
नुवाकोट । पूर्वराष्ट्रपति विद्या भण्डारीको पुनरागमनसँगै नेकपा एमालेभित्र नयाँ खिचातानी चुलिएको छ ।

एकातिर अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको शक्तिकेन्द्र त्रसित देखिन्छ भने अर्कातिर केही वरिष्ठ नेताहरू खुलेर भण्डारीको पक्षमा उभिन थालेपछि पार्टीभित्रको सन्तुलन नै हल्लिन पुगेको देखिएको छ ।
एकातिर ओलीको लामो समयदेखिको एकछत्र नेतृत्वलाई चुनौती दिने हैसियतमा भण्डारीको उपस्थिति स्थापित हुँदै छ भने अर्कातिर अध्यक्ष ओली र उहाँका निकटतमहरू मिलेर भण्डारीको गतिविधिमा रोक लगाउने र उहाँनिकट नेताहरूमाथि दबाब दिने रणनीतिमा उत्रिएका छन् । विद्या भण्डारीको सक्रियता बढेसँगै एमालेभित्र पुरानै शैलीको गुटबन्दी पुनः चर्किन थालेको छ । ओली समूहले भण्डारीको गतिविधिप्रति असन्तुष्टि पोख्दै उहाँमाथि सदस्यता नवीकरण नगरेको भ्रम फैलाउनेसम्मको रणनीति अपनाएको देखिन्छ ।
स्रोतहरूका अनुसार हालै सम्पन्न पार्टी सचिवालय बैठकमा भण्डारीले उठाएको भिन्न आवाजको विपक्षीमा ओलीनिकट महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र नेता प्रदीप ज्ञवाली आक्रामक रूपमा प्रस्तुत भएका छन् ।
अर्कोतर्फ, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेता शेरधन राई, कर्ण थापा, पद्मा अर्यालजस्ता प्रभावशाली नेताहरूले भण्डारीको नेतृत्व क्षमताको समर्थन गर्दै ओली नेतृत्वप्रति असन्तोष प्रकट गर्न थालेका छन् । ईश्वर पोखरेलले पार्टीको कार्यशैलीमाथि प्रश्न उठाउना साथ ओलीले आगामी विधान अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पद नै हटाउने घोषणा गर्नु, असहमति दमनको संकेत मानिएको छ । ओली समूहको यस कडा धारले पार्टीमा आन्तरिक लोकतन्त्रको साख नै संकटमा पारिएको टिप्पणी राजनीतिक विश्लेषकहरू गर्न थालेका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले हालै सार्वजनिक रूपमै अध्यक्ष ओलीको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउनुभएको छ । उहाँले भन्नुभयो– ‘पार्टीभित्र छलफलको संस्कार हराउँदै गएको छ, निर्णयहरू व्यक्तिका इच्छामा सीमित भइरहेका छन् ।’ पोखरेलको भनाइमा पार्टी संस्थागत रूपमा कमजोर बन्दै गएको, गुटगत निर्णयलाई प्राथमिकता दिइएको र भिन्न मत राख्नेहरूलाई निषेध गर्ने प्रवृत्तिले पार्टीभित्र स्वस्थ राजनीतिक संवाद कमजोर भएको स्पष्ट संकेत देखिन्छ । उहाँले पार्टीको आगामी विधान अधिवेशनमा नेतृत्वमा वैचारिक र सैद्धान्तिक बहस उठ्नुपर्ने बताउँदै व्यक्तिगत लाभको राजनीतिबाट एमालेलाई जोगाउनुपर्ने बताउनुभएको छ ।
महासचिव शंकर पोखरेल भने अध्यक्ष ओलीको नेतृत्वलाई मजबुत बनाउने तर्क गर्दै भन्नुभयो– ‘पार्टीमा अहिले ओलीले अघि सार्नुभएको योजना कार्यान्वयन भइरहेको छ, जुन एमालेको अनुशासन र गतिशीलताको उदाहरण हो ।’ उहाँले भण्डारी पक्षका नेताहरूलाई ‘पार्टी अनुशासनविरुद्धको गतिविधिमा संलग्न भएकाहरू’को रूपमा चित्रण गर्दै पार्टीभित्र द्वैध आचरण स्वीकार्य नहुने बताउनुभएको छ । महासचिव पोखरेलले भण्डारीको सदस्यता अद्यावधिक नभएको भन्ने प्रसंग उठाउँदै ‘सांगठनिक प्रक्रियाभन्दा बाहिर गएर कुनै पनि व्यक्तिलाई विशेष महत्व दिन मिल्दैन’ भन्ने धारणा सार्वजनिक गर्नुभएको छ । सचिवालय बैठकलगत्तै महासचिव पोखरेलल भन्नुभयो– ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ र मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो त्यो सुनिश्चित भएको छ ।’
यी दुई नेताको धारणा सार्वजनिक भएपछि एमालेभित्र राजनीतिक ध्रुवीकरण शुरू भएकोे छ । पोखरेल समूह नेतृत्व परिवर्तन, संस्थागत पुनर्संरचना र आन्तरिक लोकतन्त्रको पक्षमा उभिएको छ भने शंकर समूह पुरानो संरचनालाई निरन्तरता दिँदै नेतृत्वको निरन्तरताको पक्षमा उभिएको छ । पोखरेल समूहले पार्टीभित्र वैचारिक विमर्श, आन्तरिक समालोचना र सामूहिक निर्णय प्रक्रियाको खाँचो देखाएको छ भने शंकर समूहले पार्टीको एकताका नाममा संस्थागत आलोचनालाई बेवास्ता गर्ने रणनीति लिएको देखिन्छ । ‘आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक सस्ंकृतिको खाँचो पर्दछ, त्यसको अभाव हुँदा आन्तरिक लोकतन्त्र फस्टाउन सक्दैन’ –महासचिव पोखरेलले भन्नुभएको छ ।
यी दुई धाराबीचको द्वन्द्वले एमालेको आगामी दिशा र नेतृत्वको भविष्य निर्धारण गर्नेछ । यदि, पोखरेल पक्ष बलियो हुँदै गयो भने पार्टीभित्र वैकल्पिक नेतृत्वको खोजी तीव्र हुनेछ । यद्यपि, शंकर पोखरेलको संगठन सञ्जाल र ओलीसँगको नजिकको सम्बन्धले उहाँलाई रणनीतिक रूपमा बलियो स्थानमा राखेको छ । तर, दुई धारबीच सहमति खोज्ने प्रयास नभएमा पार्टी झनै गहिरो गुटीय संघर्षमा फस्ने खतरा स्पष्ट देखिन्छ ।
ओली समूहमा आबद्ध नेताहरूको प्राथमिकता सत्ता, पद र पैसामा सीमित भएको पार्टीकै नेताहरूको आरोप छ । एकातिर सरकारका मन्त्रीहरू भ्रष्टाचार र अनियमितताको विवादमा मुछिँदै गएका छन् भने अर्कातिर पार्टीभित्र फरक मत राख्नेहरूलाई निषेध गर्ने प्रवृत्तिले एमालेको आन्तरिक संकटलाई थप गहि¥याएको छ । अबको केन्द्रीय कमिटी बैठकमा चर्किनेछ संघर्ष
स्रोतका अनुसार आउँदो केन्द्रीय कमिटी बैठकमा उठ्ने मुख्य एजेन्डाहरू निम्नानुसार रहने अनुमान गरिएको छ । पार्टीको विधान संशोधन प्रस्ताव ः ७० वर्षे उमेरहद र कार्यकाल सीमा हटाउने प्रस्ताव ओलीले अगाडि सार्ने सम्भावना बलियो छ । संगठन पुनःसंरचनाको नाममा आफू निकट नेताहरूलाई पद विभाजन गरेर ‘पुरस्कार’ दिने र असन्तुष्टहरूलाई पन्छाउने प्रस्ताव आउन सक्ने देखिन्छ ।
भण्डारीमाथिको कारबाही प्रस्ताव ल्याउने तयारी गरिएको छ । पार्टी अनुशासन उल्लंघनको नाममा भण्डारीलाई केन्द्रीय राजनीति बाहिर धकेल्ने संकेतसमेत आएको छ । भण्डारीको सदस्यता नवीकरणसम्बन्धी विवादलाई लिएर बहस चर्किने देखिन्छ ।
राजनीतिक विश्लेषक डा. चूडामणि देवकोटा भन्नुहुन्छ– ‘भण्डारीको पुनरागमन एमालेमा शक्ति सन्तुलनको खेल हो । उहाँसँग पुरानो सञ्जाल, महिलामाझ प्रभाव र वैचारिक दाबी छ । तर, ओलीलाई त्यो खतराजस्तो लाग्दै छ । एमालेभित्र गम्भीर बहस होइन, गाली र दमनको शैली मौलाउँदै गएको छ । यो दीर्घकालमा पार्टीको क्षतिका रूपमा देखा पर्छ ।’
त्यस्तै, विश्लेषक सुरेन्द्र भण्डारी भन्नुहुन्छ– ‘ओलीको गुठे संरचना विगतमा सफल देखिएको भए पनि अहिलेको समय बदलिएको छ । पार्टीभित्र बहस, समावेशी नेतृत्व र संस्थागत संवाद नभए पार्टी विभाजनतर्फ पनि जान सक्छ ।’ पार्टीमा अहिले ओलीले अघि सार्नुभएको योजना कार्यान्वयन भइरहेको छ, जुन एमालेको अनुशासन र गतिशीलताको उदाहरण हो । पार्टीभित्र द्वैध आचरण स्वीकार्य हुँदैन समाचार आजको समाचारपत्र दैनिकले लेखेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रुकुम पूर्वमा भारी हिमपात
तारकेश्वरमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा जाँदै कांग्रेस
शुक्रवारदेखि नेपालमा वर्षा हुने
रेशम चौधरीको उम्मेदवारी खारेज





प्रतिक्रिया