नुवाकोटमा खुकुरी प्रहार गरि एक जनाको हत्या
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मानेगाउँमा खुकुरी प्रहार गरि एक जनाको हत्या भएको छ ।
सोमवार साँझ साढे सात बजेको समयमा स्थानिय ७२ वर्षिय खमसिङ तामाङ आफ्नै घर अगाडी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको खुकुरी प्रहार गरि हत्या भएको प्रहरीले जनाएको छ ।
हत्याको आशकामा प्रहरीले एक जनालाई खुकुरीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
हत्या भएको सुचना पाउने बित्तिकै प्रहरी चौकी मैलुङबाट प्रहरीको टोली पुगेको थियो भने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तिलक भारतीको कामाण्डमा अनुसन्धान अधिकृत सहितको टोली समेत पुगेको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दाजु भाई बिचको जग्गा बिवादको कारण हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
हत्याको आशंकामा प्रहरीले ६७ वर्षिइ सिंहबहादुर तामाङलाई पक्राउ गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया