रसुवाको भांगे झरना हेर्नेको भीड
रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा रहेको भांगे झरनामा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । दुई वर्ष अघिसम्म भांगे झरनाको कतै चर्चा थिएन ।
सामाजिक सञ्जालमा भइरल भएपछि यस वर्षदेखि उक्त झरना हेर्न र रमाउन आउनेको भीड लागेको हो । तलबाट माथि हेर्दा फिल्म ‘बाहुबली’मा देखाइने झरना जस्तै भएकाले भांगे झरनालाई ‘बाहुबली झरना’ पनि भनिन्छ ।
झरनाको सुन्दरता हेर्न दिनहुँ मानिसहरु आउने गर्दछन् । तर बिदाको दिन भने झरना हेर्नेको भिड थामिनसक्नु हुने गरेको स्थानीय पर्यटन व्यवसायी शशि लामिछानेले बताए । झरना हेर्न काठमाडौंदेखि आएका पुष्पनाथ आचार्यले भने, ‘टिकटकमा भांगे झरना देखेपछि साथीहरुको ग्रुप बनाएर घुम्न आएका हौं ।’
उनीहरु दुई दिनसम्म त्यहीं बसेर घुमे । झरना हेर्न छिमेकी जिल्ला नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ चितवन, गोर्खा, मकवानपुरलगायतबाट पनि आउँछन् । झरना हेर्न पुग्ने धेरैजसो युवायुवतीहरु पौडी खेल्ने, झरनामा नुहाउने, टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाउने गर्छन् ।
यो झरना बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा पर्दछ । झरना बेत्रावति बजारबाट करिब ५ किमिको दुरीमा उत्तरतर्फ पर्दछ । झरना हेर्नेको भीड बढ्न थालेपछि उत्तरगया गाउँपालिका–२ डाँडागाउँका साधुराम सापकोटाले होमस्टे संचालन गरेका छन् । उनले भने, ‘बिदाको दिन त खाना पकाउन भ्याइनभ्याइ हुन्छ ।
गत वर्ष सामान्य मानिसहरु आए पनि यस वर्ष त भीड नै लाग्यो ।’ भांगे झरनाको पर्यटन प्रवर्द्धन गर्न उत्तरगया गाउँपालिकाले पूर्वाधार विकास बजेट छुट्याएको उपाध्यक्ष चमेली गुरुङले बताइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया