अब दोहोरिन चाहने स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने
विदुर खबर
२०७९ वैशाख ६ गते २०:१४

नुवाकोट । स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिले उम्मेदवारी दिँदा राजीनामा दिनैपर्ने भएको छ ।

निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रावाधान तत्काल कार्यान्वयन नगर्नु भनि सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालिन अन्तरिम आदेश मंगलबार खारेज भएको छ ।
राजीनामासम्बन्धी व्यवस्था खारेज गर्न माग गर्दै यसअघि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले रिट दायर गरेका थिए । उनको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिट खारेज गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया