जनतासँग गरेको प्रतिवद्धता पुरा गरेँ : तामाङ

विदुर खबर २०७८ चैत २२ गते २०:३१

आजभोली केमा व्यस्त हुनुहुन्छ ?
गाउँपालिकाको विकास निर्माणको कार्यमा नै व्यस्त छु । चालु आर्थिक वर्षको बजेट र योजनाहरु कार्यान्वयन भइरहेका छन् । त्यसको निगरानी गर्ने काममा सक्रिय छु ।

Advertisement

त्यस्तै विभिन्न वडाको बस्तीहरुमा आयोजित औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा सहभागी भइरहेको छु । स्थानीय तहको निर्वाचन नजिकिदैछ । नेपाली कांग्रेस पार्टीको जिम्मेवार पदमा समेत रहेको छु । पार्टीको गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आइरहेको छु । समग्रमा भन्दा सामाजिक र राजनैतिक काममा नै व्यस्त छु ।
दुप्चेश्वर गाउँपालिकाको पहिलो अध्यक्ष, कार्यकालको अन्तिम चरणमा पनि हुनुहुन्छ । त्यस समयमा जनतासँग भोट माग्दै गर्दा जनाइएका प्रतिवद्धताहरु केके थिए ?
गर्नै नसकिने महत्वकाङ्क्षी प्रतिवद्धताहरु मेरो थिएन । देश संघियतामा गए पछि कस्तो बजेट र योजनाहरु पालिकामा प्राप्त हुन्छ भन्ने निक्यौल भइसकेको थिएन ।

तर पनि विद्युत नपुगेको स्थानहरुमा विद्युत पुराउने, सडक नपुगेको बस्तीहरुमा सडक पराउने, खानेपानीको व्यवस्थापन गर्ने, कृषकलाई कृषि पेशामा टिकाइराख्न प्रोत्साहनका कार्यक्रमहरु ल्याउने जस्ता प्रतिवद्धताहरु गरेको थिए । प्रतिवद्धता अनुसार नै मेरो यो कार्यकालमा उलेख्य कामहरु भएका छन् ।
जनतासँग गरिएका प्रतिवद्धता अनुसार उलेख्य कामहरु भएको छ पालिकामा भन्नुभयो । पालिकाले अझै बढी बजेटको हिसावले कुन क्षेत्रलाई प्राथमिकता दियो ?
सडक, शिक्षा, खानेपानी, स्वास्थ्य र कृषिसँग जोडिएका योजनाहरु बढी प्राथमितामा परेका छन् । बजार क्षेत्रको होस् या ग्रामीण क्षेत्रको । जहाँको भए पनि योजनाहरु सफल पार्ने मुख्य मेरुदण्ड भनेको सडक नै हो ।

Advertisement

नागरिक विरामी भयो तत्काल स्वास्थ्य सस्था पु¥याउन, कृषकले उत्पादन गरेको कृषि उपज सहज तरिकाले बजारसम्म पु¥याउन लगायत विविध क्षेत्रको सुधारको लागि सडक महत्वपूर्ण हुन आँउछ । त्यसको लागि पनि गाउँपालिकाले सडक निर्माण र स्तरउन्नतीको कार्यलाई नै अलि बढी प्राथमिकता दिएको होे । हामी निर्वाचित भएको समयमा २०७२ सालको भूकम्पबाट क्षती पुगेका संरचनाहरु निर्माणको चरणमा थियो । नागरिकका घरहरु देखि सार्वजनिक क्षेत्रका भवनहरु निर्माण गर्नु थियो ।

त्यसको लागि निर्माण सामाग्री कसरी सम्वन्धित स्थानसम्म पु¥याउने भन्ने समस्या थियो । त्यस्ता समस्याहरुलाई समाधान गर्नको लागि पनि सडकमा लगानी धेरै भएको छ ।
देश संघियतामा गए पछि स्थापना भएको स्थानीय सरकार । दुप्चेश्वर गाउँपालिकाको निर्वाचित पहिलो अध्यक्ष हुनुहुन्छ । कार्यभार सम्हालि राख्दा सुरुवाती चरणमा अन्यौलताहरु पनि उत्पन्न भए होलान् नि ।
सबैभन्दा पहिला त कर्मचारीको कुरा आउँछ । करिव २ वर्ष त १ जना प्रमुख प्रशासकीय अधिकृत, १ जना लेखापाल र २ जना प्राविधिकले मात्रै पालिका सञ्चालन गर्नुपर्ने अवस्था आएको थियो ।

Advertisement

त्यस्तै कानुन निर्माणको कुराहरु थियो । कार्य सम्पादनको लागि कानुन बाधकको रुपमा आइपुग्थ्यो । कर्मचारी व्यवस्थापन, कानुन निनर्माण, वडा कार्यलयहरु व्यवस्थापन गर्ने जस्ता चुनौतीहरुको बिच कामलाई अगाडी बढाउनुपर्ने अवस्था थियो ।
यो कार्यकालको अन्तिम चरणमा हुनुहुन्छ । साथै निर्वाचन पनि नजिकिदै छ । यो कार्यकालमा सम्पन्न भएका मुख्यमुख्य कामहरुलाई कसरी सम्झनुहुन्छ ?
विनाशकारी भूकम्पका कारण बस्तीहरु जोखिममा सुचिकृत भएको थियो । वडा नम्बर १ को ७४ घरधुरीलाई र वडा नम्बर २ को ३७ घर धुरीलाई समेटेर एकिकृत नमुना बस्ति बनाएका छौँ । १ घर १ धाराको अवधारणा अनुसार पालिका भरिमा करिव ४ हजार घरधुरीमा खानेपानीको पहुच पु¥याएका छौँ ।

कृषिमा आत्मनिर्भर बनाउनको निमित्त तालिम दिएर १ सय भन्दा वढी किसानहरुलाई व्यवसायीको रुपमा स्थापित गराएका छौँ । हामी निर्वाचित हुदाको समयमा स्वास्थ्य क्षेत्र नाजुक अवस्थामा थियो । २ वटा स्वास्थ्य सस्थामा मात्रै बर्थिकङ सेन्टरको सुविधा रहेको थियो । हाल ७ वटै वडामा रहेको स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टर सञ्चालन भइरहेको छ ।

४ स्थानमा ग्रामीण सामुदायिक स्वस्थ्य इकाई स्थापना गरेका छौँ । संघिय सरकारले कार्यान्वयनमा ल्याएको राष्ट्रपति महिला उत्थान कार्यक्रम नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मात्रै सञ्चालन भइरहेको छ । यस कार्यक्रमलाई प्रभावकारी बनाउन वडा नम्बर १, २ र ३ मा हेलिप्याड निर्माण गरिसकेका छौँ । अन्य वडामा निर्माण भइरहेको अवस्था छ ।
यो कार्यकालप्रति कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
दुप्चेश्वर गाउँपालिकामा निर्वाचित हुनुभन्दा अगाडीको समयलाई हेर्ने हो भने म सामाजिक कार्यमा नै सक्रिय थिए । त्यस समयमा एकदुई लाखको योजना पार्नलाई केन्द्रीय तहको नेतालाई गुहार्नुपने अवस्था थियो । त्यो परिस्थितिबाट अहिले मुक्त भएको छ जस्तो लाग्छ । नागरिकलाई कुनै समस्या प¥यो भने सहज रुपमा स्थानीय तहबाट समाधान भइरहेको छ ।

टोलवस्तिहरुमा कुनै समस्या आएमा स्थानीय सरकार तत्काल त्यहाँ पुग्न सक्ने अवस्था सिर्जना भएको छ । यीयस्ता कारणले पनि आफ्नो कार्यकाल प्रति सन्तुष्टि छु ।
यो कार्यकालमा गर्छु भनेर गर्न नसकिएको योजनाहरु पनि छन् कि ?
बाह्रै महिना सञ्चालनमा ल्याउने भनेर एउटा रिङरोडको परिकल्पना गरेका थियौँ । डिपिआर तयार गरेर खाका समेत बनाएका थियौँ । बीचमा कोरोना भाइरसको महामारी सिर्जना भयो । केन्द्रीय सरकारबाट आउने अनुमानित बजेट घटेर आइदियो जस्ले गर्दा यो काम अधुरो रह्यो । एक गाउँ एक कृषि प्राविधिक सेन्टर बनाएर गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने जुन योजना थियो त्यो पनि सम्भव भएन ।
स्थानीय तहको निर्वाचन नजिकिदै छ । तपाईको योजना के छ ?
यो कार्यकाल सिक्ने चरणमा रह्यो । २ वर्ष भन्दा बढी समय कोरोना भाइरसको कारण कामहरु गर्न सकिएन । यो कार्यकालमा अघि मैले भनेका बाहेक पनि धेरै अधुरो योजनाहरु छन् । त्यसलाई सफल पार्नको लागि साथै यो वर्षमा भएको सिकाईलाई व्यवहारमा उतार्नलाई एक पटक फेरी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्ने योजना छ ।
अबको निर्वाचनमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्नुभयो भने जनताले भोट दिएर किन तपाईलाई जिताउने ?
अघिल्लो निर्वाचनमा नागरिक समक्ष गरिएका प्रतिवद्धताहरु अधिकांश पूरा भएका छन् । कृषिमा आत्मनिर्भर बनाउने हामीले योजना ल्याएका छौँ । यो कार्यकालमा नागरिक लक्षित योजना बनाएर अघि बढ्ने जुन सिकाई भएको छ त्यसलाई रचनात्मक रुपमा व्यवहारमा लागु गर्न धेरै बाँकी छ । त्यसैले जनताले भोट दिएर एकचोटी फेरी गाउँपालिकाको अध्यक्ष बनाएर नागरिकको सेवा गर्ने अवसर दिनुहुनेछ भन्नेमा विस्वस्त छु ।

साभारः त्रिशूलीखबर

प्रतिक्रिया