जनतासँग गरेको प्रतिवद्धता पुरा गरेँ : तामाङ
आजभोली केमा व्यस्त हुनुहुन्छ ?
गाउँपालिकाको विकास निर्माणको कार्यमा नै व्यस्त छु । चालु आर्थिक वर्षको बजेट र योजनाहरु कार्यान्वयन भइरहेका छन् । त्यसको निगरानी गर्ने काममा सक्रिय छु ।

त्यस्तै विभिन्न वडाको बस्तीहरुमा आयोजित औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा सहभागी भइरहेको छु । स्थानीय तहको निर्वाचन नजिकिदैछ । नेपाली कांग्रेस पार्टीको जिम्मेवार पदमा समेत रहेको छु । पार्टीको गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आइरहेको छु । समग्रमा भन्दा सामाजिक र राजनैतिक काममा नै व्यस्त छु ।
दुप्चेश्वर गाउँपालिकाको पहिलो अध्यक्ष, कार्यकालको अन्तिम चरणमा पनि हुनुहुन्छ । त्यस समयमा जनतासँग भोट माग्दै गर्दा जनाइएका प्रतिवद्धताहरु केके थिए ?
गर्नै नसकिने महत्वकाङ्क्षी प्रतिवद्धताहरु मेरो थिएन । देश संघियतामा गए पछि कस्तो बजेट र योजनाहरु पालिकामा प्राप्त हुन्छ भन्ने निक्यौल भइसकेको थिएन ।
तर पनि विद्युत नपुगेको स्थानहरुमा विद्युत पुराउने, सडक नपुगेको बस्तीहरुमा सडक पराउने, खानेपानीको व्यवस्थापन गर्ने, कृषकलाई कृषि पेशामा टिकाइराख्न प्रोत्साहनका कार्यक्रमहरु ल्याउने जस्ता प्रतिवद्धताहरु गरेको थिए । प्रतिवद्धता अनुसार नै मेरो यो कार्यकालमा उलेख्य कामहरु भएका छन् ।
जनतासँग गरिएका प्रतिवद्धता अनुसार उलेख्य कामहरु भएको छ पालिकामा भन्नुभयो । पालिकाले अझै बढी बजेटको हिसावले कुन क्षेत्रलाई प्राथमिकता दियो ?
सडक, शिक्षा, खानेपानी, स्वास्थ्य र कृषिसँग जोडिएका योजनाहरु बढी प्राथमितामा परेका छन् । बजार क्षेत्रको होस् या ग्रामीण क्षेत्रको । जहाँको भए पनि योजनाहरु सफल पार्ने मुख्य मेरुदण्ड भनेको सडक नै हो ।
नागरिक विरामी भयो तत्काल स्वास्थ्य सस्था पु¥याउन, कृषकले उत्पादन गरेको कृषि उपज सहज तरिकाले बजारसम्म पु¥याउन लगायत विविध क्षेत्रको सुधारको लागि सडक महत्वपूर्ण हुन आँउछ । त्यसको लागि पनि गाउँपालिकाले सडक निर्माण र स्तरउन्नतीको कार्यलाई नै अलि बढी प्राथमिकता दिएको होे । हामी निर्वाचित भएको समयमा २०७२ सालको भूकम्पबाट क्षती पुगेका संरचनाहरु निर्माणको चरणमा थियो । नागरिकका घरहरु देखि सार्वजनिक क्षेत्रका भवनहरु निर्माण गर्नु थियो ।
त्यसको लागि निर्माण सामाग्री कसरी सम्वन्धित स्थानसम्म पु¥याउने भन्ने समस्या थियो । त्यस्ता समस्याहरुलाई समाधान गर्नको लागि पनि सडकमा लगानी धेरै भएको छ ।
देश संघियतामा गए पछि स्थापना भएको स्थानीय सरकार । दुप्चेश्वर गाउँपालिकाको निर्वाचित पहिलो अध्यक्ष हुनुहुन्छ । कार्यभार सम्हालि राख्दा सुरुवाती चरणमा अन्यौलताहरु पनि उत्पन्न भए होलान् नि ।
सबैभन्दा पहिला त कर्मचारीको कुरा आउँछ । करिव २ वर्ष त १ जना प्रमुख प्रशासकीय अधिकृत, १ जना लेखापाल र २ जना प्राविधिकले मात्रै पालिका सञ्चालन गर्नुपर्ने अवस्था आएको थियो ।
त्यस्तै कानुन निर्माणको कुराहरु थियो । कार्य सम्पादनको लागि कानुन बाधकको रुपमा आइपुग्थ्यो । कर्मचारी व्यवस्थापन, कानुन निनर्माण, वडा कार्यलयहरु व्यवस्थापन गर्ने जस्ता चुनौतीहरुको बिच कामलाई अगाडी बढाउनुपर्ने अवस्था थियो ।
यो कार्यकालको अन्तिम चरणमा हुनुहुन्छ । साथै निर्वाचन पनि नजिकिदै छ । यो कार्यकालमा सम्पन्न भएका मुख्यमुख्य कामहरुलाई कसरी सम्झनुहुन्छ ?
विनाशकारी भूकम्पका कारण बस्तीहरु जोखिममा सुचिकृत भएको थियो । वडा नम्बर १ को ७४ घरधुरीलाई र वडा नम्बर २ को ३७ घर धुरीलाई समेटेर एकिकृत नमुना बस्ति बनाएका छौँ । १ घर १ धाराको अवधारणा अनुसार पालिका भरिमा करिव ४ हजार घरधुरीमा खानेपानीको पहुच पु¥याएका छौँ ।
कृषिमा आत्मनिर्भर बनाउनको निमित्त तालिम दिएर १ सय भन्दा वढी किसानहरुलाई व्यवसायीको रुपमा स्थापित गराएका छौँ । हामी निर्वाचित हुदाको समयमा स्वास्थ्य क्षेत्र नाजुक अवस्थामा थियो । २ वटा स्वास्थ्य सस्थामा मात्रै बर्थिकङ सेन्टरको सुविधा रहेको थियो । हाल ७ वटै वडामा रहेको स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टर सञ्चालन भइरहेको छ ।
४ स्थानमा ग्रामीण सामुदायिक स्वस्थ्य इकाई स्थापना गरेका छौँ । संघिय सरकारले कार्यान्वयनमा ल्याएको राष्ट्रपति महिला उत्थान कार्यक्रम नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मात्रै सञ्चालन भइरहेको छ । यस कार्यक्रमलाई प्रभावकारी बनाउन वडा नम्बर १, २ र ३ मा हेलिप्याड निर्माण गरिसकेका छौँ । अन्य वडामा निर्माण भइरहेको अवस्था छ ।
यो कार्यकालप्रति कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
दुप्चेश्वर गाउँपालिकामा निर्वाचित हुनुभन्दा अगाडीको समयलाई हेर्ने हो भने म सामाजिक कार्यमा नै सक्रिय थिए । त्यस समयमा एकदुई लाखको योजना पार्नलाई केन्द्रीय तहको नेतालाई गुहार्नुपने अवस्था थियो । त्यो परिस्थितिबाट अहिले मुक्त भएको छ जस्तो लाग्छ । नागरिकलाई कुनै समस्या प¥यो भने सहज रुपमा स्थानीय तहबाट समाधान भइरहेको छ ।
टोलवस्तिहरुमा कुनै समस्या आएमा स्थानीय सरकार तत्काल त्यहाँ पुग्न सक्ने अवस्था सिर्जना भएको छ । यीयस्ता कारणले पनि आफ्नो कार्यकाल प्रति सन्तुष्टि छु ।
यो कार्यकालमा गर्छु भनेर गर्न नसकिएको योजनाहरु पनि छन् कि ?
बाह्रै महिना सञ्चालनमा ल्याउने भनेर एउटा रिङरोडको परिकल्पना गरेका थियौँ । डिपिआर तयार गरेर खाका समेत बनाएका थियौँ । बीचमा कोरोना भाइरसको महामारी सिर्जना भयो । केन्द्रीय सरकारबाट आउने अनुमानित बजेट घटेर आइदियो जस्ले गर्दा यो काम अधुरो रह्यो । एक गाउँ एक कृषि प्राविधिक सेन्टर बनाएर गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने जुन योजना थियो त्यो पनि सम्भव भएन ।
स्थानीय तहको निर्वाचन नजिकिदै छ । तपाईको योजना के छ ?
यो कार्यकाल सिक्ने चरणमा रह्यो । २ वर्ष भन्दा बढी समय कोरोना भाइरसको कारण कामहरु गर्न सकिएन । यो कार्यकालमा अघि मैले भनेका बाहेक पनि धेरै अधुरो योजनाहरु छन् । त्यसलाई सफल पार्नको लागि साथै यो वर्षमा भएको सिकाईलाई व्यवहारमा उतार्नलाई एक पटक फेरी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्ने योजना छ ।
अबको निर्वाचनमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्नुभयो भने जनताले भोट दिएर किन तपाईलाई जिताउने ?
अघिल्लो निर्वाचनमा नागरिक समक्ष गरिएका प्रतिवद्धताहरु अधिकांश पूरा भएका छन् । कृषिमा आत्मनिर्भर बनाउने हामीले योजना ल्याएका छौँ । यो कार्यकालमा नागरिक लक्षित योजना बनाएर अघि बढ्ने जुन सिकाई भएको छ त्यसलाई रचनात्मक रुपमा व्यवहारमा लागु गर्न धेरै बाँकी छ । त्यसैले जनताले भोट दिएर एकचोटी फेरी गाउँपालिकाको अध्यक्ष बनाएर नागरिकको सेवा गर्ने अवसर दिनुहुनेछ भन्नेमा विस्वस्त छु ।
साभारः त्रिशूलीखबर
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया