नुवाकोटको दुबै क्षेत्र र प्रदेशमा महत–लामा पक्ष हाबी, केसी पक्ष पत्तासाफ
विदुर खबर
२०७८ मंसिर १२ गते १६:००
नुवाकोट । नेपाली काग्रेसको १४ औं अधिवेशनअन्तर्गत नुवाकोटको सभापतिमा रमेशकुमार महतले जितेका छन् ।

उनका प्रतिस्पर्धी चिकित्सक केदारनरसिंह केसी थिए । प्रतिस्पर्धी केसीले ८ सय २३ मत पाए भने उनले ८ सय ३३ मत ल्याएर विजयी भएका छन् । कुल १७४७ मत खसेको थियो ।
महतको पूरै प्यानलले जित हासिल गरेको छ । महतले संस्थापन पक्ष रामचन्द्र पौडेलको भए पनि उनलाई शेरबहादुर देउवा पक्षको साथ थियो । नुवाकोट संघीय निर्वाचन क्षेत्र २ र प्रदेशसभाको ४ वटै क्षेत्रमा देउवा पक्ष हाबी छ ।
निर्वाचित हुने उपसभापतिहरुमा सन्तमान तामाङ, राजु थापा, सचिवद्वयमा वैकुण्ठ मिश्र, श्रीराम श्रेष्ठ, सहसचिवमा यादव नेपाल र उत्तम पाठक छन् ।
महत पूर्वअर्थमन्त्री रामशरण महतका भतिजा हुन् । केसी कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका भाइ हुन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया