नुवाकोटेलाई खुशीको खबर, आजबाट बुद्धभुमि हाइड्रोपावरको सेयर भर्न पाइने

विदुर खबर २०७८ साउन ३२ गते ९:०६

नुवाकोट । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (साउन ३२ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

Advertisement

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ। आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।

Advertisement

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

Advertisement

आयोजनाको ९८ प्रतिशत काम पुरा

तादी खोलामा निर्माणाधीन ५ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाको काम ९८ प्रतिशत पूरा भएको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीले निर्माण गरीरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । आयोजनाको सिभिल संरचनाको काम सम्पन्न भएको कम्पनीका सचिव शुक्रराज ढंगोलले बताए । उनका अनुसार बाँध, पेनस्टक पाईपालाइन र विद्युतगृहको सिभिल संरचनाको काम सम्पन्न भएको छ ।

‘आयोजनाको हाइड्रोमेकानिकल उपकरण जडानको काम सकिएको छ,’ उनले भने, ‘इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि अन्तिम चरणमा पुगगेको छ, बाँकी भदौभित्र पूरा गरिनेछ ।’ आयोजनाको बाँकी २ प्रतिशत काम पूरा गरेर आगामी असोजभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको ढंगोलले बताए ।

आयोजनाबाट उत्पादन भएको विद्युत  ३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको त्रिशुली ३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । लाइनको टावर ठड्याउने काम सकिएको छ । तार तान्ने काम आधाभन्दा बढी पूरा भएको छ । आयोजना सम्पन्न गर्न १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा माछापुच्छ्रे, बैंक अफ काठमाडौं, एनसीसी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

तादी बेसिनमा योे आयोजनासँगै थप २५ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्रले अनुमतिपत्र लिएर स्वदेशी लगानीमा ३ देखि ११ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण अघि बढेका छन् ।
सम्बन्धित समाचार

तल्लो तादी खोला जलविद्युत आयोजनाको काम ९८ प्रतिशत पूरा

 

 

प्रतिक्रिया