सार्वजनिक सवारी खुलाउन छलफल तीव्र, यस्तो छ तयारी
नुवाकोट । लकडाउन खुकुलो भएर नीजि सवारी सधान चल्न थालेपछि सार्वजनिक सवारीका साधन कहिलेबाट चल्छन् भन्ने सर्वत्र चासो छ ।
लकडाउन सहज बनाउँदै नीजि सवारीका साधन जोर विजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको सरकारले सार्वजनिक सवारी साधन चलाउनेबारे भने निर्णय गरिसकेको छैन । तर बहस भने सुरु भएको छ । सरकारले सार्वजनिक सवारीका साधन चल्न दिने निर्णय गर्नासाथ सडकमा गाडी आइहाल्ने अवस्था नरहेकाले त्यसलाई कसरी सहजिकरण गर्ने भन्नेबारे यातायात व्यवस्था छलफलमै छ । विभागका सूचना अधिकारी तिर्थराज खनाल यो विषय जटिल रहेकाले तत्कालै कुनै निर्णय नआउने बताउँछन् ।
‘यो विषय नै जटिल छ, स्वास्थ्य र सुरक्षाका सबै प्रवन्ध मिलाउनुपर्ने भएकाले सरल छैन’ उनले भने, ‘यो एउटा निकायले निर्णय गरेर तत्काल लागू गरिहाल्ने विषय पनि होइन, त्यसो गरिहाल्ने अवस्था पनि छैन । हामी निरन्तर छलफलमा छौँ ।’
द्विपक्षीय छलफल
यातायात व्यवस्था विभागले केही दिनदेखी द्विपक्षीय छलफललाई तीव्रता दिएको छ । सरकार र व्यवसायीबीच विभिन्न चरणमा छलफल भएपनि निश्कर्ष भने निस्किन सकेको छैन । शनिबार पनि यातायातमन्त्री बसन्त नेम्वाङ, यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाल र व्यवसायीबीच छलफल भएको छ ।
सार्वजनिक रुपमा नागरिकले सार्वजनिक सवारीका साधन चलाउनुपर्छ भन्ने आवाज बोल्न थालेपछि विभागले छलफल थालेको हो । तर व्यवसायीले महिनौदेखि गाडी थन्किएका कारण तत्काल चलाउन असम्भव रहेको भन्दै विभिन्न माग राखेका छन् । पुर्नकर्जा दिनुपर्ने, गाडी थन्किएका कारण बैंकको किस्ता तिर्न नसकेका कारण किस्ता तिर्ने अवधि थप गर्नुपर्ने र तत्काल गाडी चलाउन सक्ने वातावरण बनाउन गाडी मर्मतको प्रवन्ध मिलाउनुपर्ने व्यवसायीको माग छ । विभागले यी मागहरु सम्बन्धित निकायमा बुझाउने काम सुरु गरेको विभागका महानिर्देशक हमालको भनाई छ ।
‘डिटेलमा छलफल भएको छैन, सामान्य रुपमा छलफल अगाडी बढ्दैछ’ महानिर्देशक हमालले भने, ‘व्यवसायीका केही मागहरु पनि छन्, ती माग सम्बोधन गर्नेबारे पनि सरकारी निकायबीच छलफल हुन बाँकी छ ।’ विभागले सरकारले गाडी चलाउने निर्णय गरेपछि कसरी चलाउने भन्ने अलमल नहोस् भनेर छलफललाई तीव्रता दिएको महानिर्देशक हमाल बताउँछन् ।
चलाउन सक्नेबारे निर्णय भएपछि मोडालिटीबारे छलफल गरेर निश्कर्ष निकाल्ने विभागले जनाएको छ । विभागले काठमाडौँ उपत्यका भित्र सार्वजनिक सवारी चलाउन र उपत्यकाबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीका लागि छुट्टा छुट्टै नियम बनाउनेबारे राय प्राप्त भएको बताएपनि के के मापदण्ड कायम गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा
कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग
इजरायलले लेबनानमा हवाई आक्रमण गर्दा २५० भन्दा बढीको मृत्यु
बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित





प्रतिक्रिया