कोरोना के हो, कसरी बच्ने ?

विदुर खबर २०७६ चैत १० गते २१:०४

अहिले विश्वभर कोरोना भाइरसको त्रास छ। विश्वका १८० भन्दा धेरै देशमा यो फैलिइसकेको छ। नेपालमा पनि सोमबार एक जना युवतीमा कोरोना देखिएको छ। उनी फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिएन्।

कोरोनाबाट बच्न सावधानी नै महत्वपूर्ण कुरा हो। यसबाट बच्न विश्व स्वास्थ्य संगठनले नियमितरुपमा राम्रोसँग सावुनपानीले हात धुन आग्रह गरेको छ।

कोरोना संक्रमित व्यक्तिले हाच्छ्यूँ गर्दा वा खोक्दा यसका जिवाणु हावामा फैलने गर्छन्। संक्रमित व्यक्तिको नजिक जाँदा स्वासका मध्यमबाट यो अर्को व्यक्तिको शरिरमा प्रवेश गर्न सक्छ।

कोरोना जिवाणु रहेको कुनै स्थानमा छुने समात्ने गरेर आफ्नो हात नाक, मुख वा आँखामा लगियो भने पनि यो सर्ने गर्छ।

खोक्दा वा हाच्छ्युँ गर्दा रुमाल वा टिस्युको प्रयोग गर्न जरुरी हुन्छ। हात नधोइकन आफ्नो अनुहारमा लैजाने वा संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहनु नै यो फैलन नदिन महत्वपूर्ण छ।

सबै अवस्थामा फेस मास्क यसको लागि प्रभावकारी नहुन सक्ने बीबीसीले जनाएको छ।

कोरोना भाइरस संक्रमणको लक्षण के हुन् ?

मानिसको शरिरमा प्रवेश गरेपछि कोरोना भाइरसले फोक्सोमा संक्रमण गर्छ। यस कारण रुघा, सुख्खा खोकी लाग्ने गर्छ। विस्तारै स्वास लिन समेत अप्ठ्यारो हुने गर्छ। ज्वरो समेत आउने गर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार भाइरस शरिरमा प्रवेशपछि लक्षण देखिन १४ दिनसम्म लाग्न सक्छ। तर केही अनुसन्धानकर्ताहरुले २४ दिनसम्म लाग्न सक्ने बताएका छन्। कोही मानिस विरामी नदेखिँदै पनि यो भाइरस फैलन सक्ने खतरा रहने बताइएको छ। विरामीका सुरुवाती लक्षण फ्लू जस्तो हुनेगर्छ।

कोरोना भाइरस संक्रमणको तुलनामा मृत्यु हुनेको संख्या हेर्ने हो भने यो कम छ।

कोरोना भाइरसको वृद्ध र पहिलेबाटै विरामी रहेकालाई बढी जोखिम छ। कोरोनाको उपचार शरिरमा स्वास लिन मदत गर्ने र रोग प्रतिरोधक क्षमता बढाउने तरिकाबाट हुने गर्छ। जसका कारण शरिर आफै भाइरसका विरुद्ध लड्न सकोस्।

यदी कुनै संक्रमित वा संकाशपद व्यक्तिको सम्पर्कमा रहेको छौं भने अन्य व्यक्तिको सम्पर्कमा नगइ बस्नुपर्छ।

बीबीसीको सहयोगमा

Advertisement

प्रतिक्रिया