नुवाकोटको शिवपुरीका राजु थापा ३२ तोला सुन लुटेको आरोपमा पक्राउ

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका-६ का ४६ वर्षीय राजु थापा ३२ तोला सुन डकैती गरेको आरोपमा पक्राउ परेका छन ।
केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले डकैती मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतले थापालाई डाँका मुद्दामा २०७५ साल असार ११ गते ४ लाख २० हजार जरिवाना र ६ वर्ष कैदको फैसला सुनाएको थियो ।
ब्यूरोको टोलीले काठमाडौंको मित्रनगरबाट थापालाई मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको र अदालतले उनलाई डील्लीबजार कारागार पठाएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार थापाले काठमाडौंको भिमसेनगोलाबाट २०५३ साल माघ १० गते राति ३२ तोला सुन लुटेर फरार भएका थिए ।
हङकङबाट ल्याएको उक्त परिमाणको सुन भन्सार छुट्याएर ल्याउँदै गर्दै थापाले बाटोबाटै लुटेर फरार भएको भन्दै छिरिङ वाङ्गेल घलेले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।
प्रतिक्रिया