बिप्लब माओवादी नुवाकोटका शिक्षक संगठनका अध्यक्ष बास्कोटा साधारण तारेखमा रिहा

विदुर खबर २०७६ फागुन १५ गते २०:०२
Arrested man in handcuffs with hands behind back

Advertisement

विदुर । आईतवार पक्राउ परेका बिप्लब माओवादीका नुवाकोटका शिक्षक संगठनका अध्यक्ष केशबप्रसाद बास्कोटा तारेखमा रिहा भएका छन ।

बास्कोटाले बिहिबार एक प्रैस विज्ञप्ती जारी गर्दै विप्लव समुहसँग आफ्नो कुनै सम्बन्ध नभएको बताएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटको आदेशले उनी साधारण तारेखमा रिहा भएका हुन । विज्ञप्तीमार्फत बास्कोटाले उक्त समुहको कुनैपनि क्रियाकलापमा आफु संलग्न नहुने तथा प्रतिबन्धित पार्टीप्रति आफ्नो कुनैपनि सहानुभुति नरहेको बताएका छन ।

Advertisement

यसअघि आईतबार बिदुर नगरपालिका वडा नम्बर ५ बाट शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको थियो ।

प्रतिक्रिया