रुखबाट लडेर नुवाकोटमा एक जनाको ज्यान गयो

विदुर खबर २०७६ फागुन ११ गते १०:२४

गेर्खुटार । घाँस काट्ने क्रममा रुखबाट लडेर नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० आगेटारमा एक ज्यान गएको छ ।

Advertisement

मृत्यु हुनेमा ७० वर्षिय बोधनाथ पौडेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घर नजिकै करिव ३० मिटर पुर्बमा रहेका आफ्नै बारीको कुटमेरोको रुखमा चढी घास काट्ने क्रममा पौडेल लडेर घाइते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल त्रिशुली ल्याउदै गर्दा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया