काठको बिम राख्ने क्रममा नुवाकोटमा एक जनाको ज्यान गयो
विदुर खबर
२०७६ माघ २९ गते ९:३४
नुवाकोट । घरमा काठको विम राख्ने क्रममा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ मा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर १२ का ५४ वर्षिय भिमसेन आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । स्थानिय शंकर पंडितको बन्दै गरेको घरमा काठको बिम राख्ने क्रममा अचानक खस्न जादा आलेमगर गम्भिर घाईते भएका थिए ।
उनको उपचारको क्रममा विदुरमा रहेको एक पोलिक्लिनिकमा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया