वञ्चरे डाँडाको पूर्वाधार निर्माणमा ढिलाइ
नुवाकोट । ठेकेदारको लापर्वाइका कारण वञ्चरे डाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइट निर्धारित समयमै प्रयोग गर्न नसकिने भएको छ ।
काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको सरोकालवासँगको छलफलमा निर्माणका लागि तोकिएको समय तीन महिनामात्र बाँकी हुँदा ३० प्रतिशत मात्र काम भएको जानकारी दिइयो । ल्याण्डफिल्ड साइटको पूर्वाधार निर्माणमा ढिलाइ भएको भन्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नीतिगत अप्ठ्यारो भए आफूले जहाँ गएर भए पनि समाधान निकाल्ने बताउनुभयो । तोकिएको समयमा निर्माण हुन नसक्नुमा दोषी को हो भन्दै प्रमुख शाक्यले तत्काल समाधानको उपाय पहिल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव महेन्द्रप्रसाद गुरागाईले ल्याण्डफिल्ड साइटको निर्माण सँगसँगै फोहर उत्पादनको स्रोतमा वर्गीकरण गर्ने विधिलाई पनि सँगै प्रवद्र्धन गर्नुपर्ने धारणा राख्नुभयो । शहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशक मणिराम गेलालले अहिलेको अवस्थालाई हेर्दा निर्धारित समयमा निर्माणको काम सम्पन्न नहुनेमा पक्का भएको जानकारी गराउनुभयो ।
बैठकमा प्रधानमन्त्री कार्यालयका सहसचिव छवि रिजालले समयमा ल्याण्डफिल्ड साइटको पूर्वाधार तयार गर्न नसक्दा पर्यटन वर्षलाई समेत बाधा पुग्ने बताउनुभयो । वञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । भ्याट बाहेक रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ गरिएको सम्झौता भएको थियो । निर्माणको लागि अघिल्लो मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको हो । १३ वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ ।
उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । तेह्र वर्षअघि दुई वर्षका लागि काठमाडौँ उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया