त्रिसुलीबाट जिवितै उद्दार गरिएका बिनयको बयान, छोरालाई तातो दुध खुवाएर, जेठो छोरो मैले च्यापे भने कान्छो जमुनाले, त्यसपछि त्रिसुलीबाट बगेम

विदुर खबर २०७६ माघ ४ गते २०:१२

काठमाडौं चन्द्रागिरी–४ थानकोटमा २० वर्षदेखि बस्दै आएका ३५ वर्षीय विनय लामिछाने केही दिनदेखि तनावमा थिए। स्थायी घर मकवानपुर चित्लाङ भएका विनयले शिक्षण पेसा छाडेर अनलाइनमार्फत व्यापार गर्दै आएका थिए। त्यसबाट नाफा नभएपछि ऋण थपियो। ऋणको बोझ थेग्न नसकेपछि उनले बिहीबार गलत बाटो रोजे। त्यही घटनामा उनले पत्नी जमुनालाई गुमाएनन् मात्रै, दुई नाबालक छोरा ६ र २२ महिनाका नदीमा बे पत्ता भए।

Advertisement

धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ बाँदरे घुम्तीनजिकै विनय र उनकी पत्नी जमुनाले एक÷एक छोरा च्यापेर त्रिशूलीमा हा मफा लेका थिए। त्यसलगत्तै स्थानीय रिसोर्ट र होटल सञ्चालकले विनयलाई जी वितै उद्धार गरे। जमुना मृ त अवस्थामा भेटिएकी थिइन्। अन्दाजी २ सय मिटर तलसम्म बगेका दुवै बच्चा शुक्रबारसम्म पनि भेटिएका छैनन्। प्रहरीले शुक्रबार बिहानदेखि खोजी गरेको थियो। बिहीबार साँझदेखि वर्षा भइरहेको र नदी धमिलो रहेकाले उनीहरूको खोजीमा कठिनाइ भएको इलाका प्रहरी गजुरीले जनाएको छ।

लामिछाने दम्पतीको सानो छोरोको पास्नी शुक्रबारका लागि तय भएको थियो। चन्द्रागिरीस्थित घरमा सुतक परेको र शुक्रबारै उत्तम साइत रहेकाले जमुनाको माइतबाट पास्नी गर्ने तयारीका साथ उनीहरू बिहीबार धादिङ हिँडेका थिए। तर, आदमघाट बजार झर्नुपर्नेमा पौने घण्टाको दूरीमा रहेको बेनीघाटस्थित बाँदरे घुम्ती पुगेका थिए। ‘उनीहरू यहाँ आदमघाटमा नझरी सिधै उता पुगेछन्’, जमुनाका दाइ जगत रेग्मीले भने, ‘भान्जाको भात खुवाइको तयारीमा उनीहरूलाई पर्खिरहेका थियौं। अचानक दुःखको खबर सुन्नुपर्‍यो।’

Advertisement

नदी किनारमा छाडेको झोलामा बच्चालाई भात खुवाइमा लगाउने चाँदीको बालासमेत भेटिएको थियो। घुम्तीमा आइपुगेपछि झोलुंगे पुल तरेर गोरखा घ्याल्चोकबाट उनीहरू त्रिशूलीमा हे लिएका थिए। त्यसअघि घुम्तीको होटलमा घरबाटै बोकेको दूध तताएर बच्चालाई खुवाएपछि उनीहरू गोरखातर्फ लागेको होटल सञ्चालक वदनकुमारी श्रेष्ठले सुनाइन्।

देहत्यागको तयारीसाथ उनीहरूले घर छाडेको खुलेको जिल्ला प्रहरी धादिङका प्रमुख रवीन्द्र रेग्मीले बताए। ‘थानकोटस्थित घरमा सिरानीमुनि रहेको नोट प्रहरीले बरामद गरेको छ’, उनले भने, ‘त्यसमा व्यवसाय गर्दा थुप्रै ऋण लागेको र ऋणको साँवाब्याज तिर्न नसकेर यस्तो बाटो रोजेको उल्लेख छ।’

Advertisement

घटनाको अनुसन्धानका लागि विनय गजुरी प्रहरीको हिरासतमा छन्। ‘उनीहरू योजनाबद्ध तरिकाले देहत्याग गर्न निस्किएका रहेछन्’, जिल्ला प्रहरी प्रमुख रेग्मीले भने, ‘सुरुमा बच्चालाई छाडेरै जाने सल्लाह गरे पनि आफूहरू नरहेपछि बच्चाको बिचल्ली हुने सोचेर उनीहरूसहित देहत्यागको प्रयास गरेको विनयले प्रहरीलाई बताएका छन्।’ उनीहरू कसरी देहत्याग गर्न बाध्य भए र त्यसको पछाडि अरू के–के कारण थिए भनेर अनुसन्धान भइरहेको उनले बताए।

विनयले सुरुमा आफू मात्रै देहत्याग गर्ने योजना पत्नीलाई सुनाएका थिए। जमुनाले ‘सँगै बाँच्ने सँगै म र्ने कसम खाएको’ भन्दै आफू पनि देहत्याग गर्ने अडान लिइन्। विनयले ‘दुई अबोध बालकलाई कसले हेर्ने ? तिमी त बाँच्नुपर्छ’ भने पनि जमुनाले मानिनन्। विनयले प्रहरीमा दिएको बयानअनुसार जेठो छोरो आफूले च्यापे भने कान्छो जमुनाले।

नोटसँगै उनीहरू आफूले ऋण तिर्नुपर्ने व्यक्तिलाई रकमसहितको सूचीका साथै आफ्नो निधनपछिको किरिया खर्चसमेत छाडेको पाइएको छ। विनयले घरमा रहेका ९६ वर्षीय हजुरबुवालाई सम्बोधन गर्दै माफ गरिदिन पनि लेखेको पारिवारिक स्रोतले जनाएको छ।

पेसाले शिक्षक विनयले साथीसँग मिलेर अनलाइन व्यापारमा लगानी गरेका थिए। सुरुमा नाफा कमाए पनि पछिल्ला वर्षमा थुप्रै घाटा बेहोरे। साथीहरूले पनि छाडेपछि एक्लै व्यवसाय धान्दै आएका उनले पछिल्लो एक वर्षमा डेढ करोडभन्दा बढी ऋण लिएको ऋणीको लिस्टमा उल्लेख रहेको प्रहरीले जनाएको छ।

‘ऋणबारे हामीलाई थाहा थिएन। तनाव भए पनि त्यस्तो अप्रिय निर्णय लेला भन्ने हामीले सोचेका थिएनौं’, दाजु नाता पर्ने हरिहर लामिछानेले भने, ‘पहिला कलेज पढाउँथ्यो। अहिले कमोडिटी व्यापार गर्दै आएको थियो। एक्कासि सोच्दै नसोचेको घटना भोग्नुपर्‍यो। जे नहुनु थियो त्यो भयो, अब विनयलाई सम्हाल्नु छ।’

विनयले व्यवसाय गर्दा लागेको ऋण तिर्न नसकेर देहत्यागको बाटो रोजेको हुन सक्ने धादिङका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए। ‘उनले ऋण लिएका व्यक्तिहरू को–को हुन् ? तिनीहरूले कसरी ऋण दिएका थिए ? त्यो पनि हामी अनुसन्धान गर्दै छौं’, उनले भने, ‘बजारमा अहिले मिटरब्याजका कारण पनि यो घटना भएको हल्ला चलेको छ। त्यसैले विनयले बनाएको सूचीलाई हामीले गोप्य राखेर अनुसन्धान गरिरहेका छौं।’

जमुनाले पनि जनवरी ४ बेलुकी फेसबुकमार्फत थानकोटमा आएका नयाँ डीएसपीलाई मिटरब्याजमा पैसा लगाउने ऋणीलाई कारबाही गर्न माग गरेकी थिइन्। ‘घटना भएको छ तर मिटरब्याजीकै दबाब हो भन्न सकिने अवस्था छैन’, रेग्मीले भने, ‘अनुसन्धान गर्दै जाँदा मिटरब्याजकै कारण यो घटना भएको रहेछ भने ऋण दिनेहरूलाई पनि हामी अनुसन्धानको दायरामा ल्याउँछौं।’

विनयले अनलाइनमार्फत व्यापार/व्यवसाय गर्ने गरेको तर यति धेरै ऋण गरेको र घाटा लागेको भन्ने आफूले थाहा नपाएको छिमेकी श्रीराम लामिछानेले सुनाए। बे पत्ता भएका दुई नाबालकको खोजीका लागि बेनीघाट आए श्रीरामले भने, ‘मिटरब्याजको कुरा त केही थाहा पाएका छैनौं तर ऋण लागेको भने रहेछ।’

गल्छी गाउँपालिका–३ का वडाध्यक्षसमेत रहेका जमुनाका दाजु कपिलप्रसाद रेग्मीले बहिनीसँग एक साताअघि फोनमा कुरा गरेको सुनाए। ‘अनलाइनको फारम भर्नुपर्छ भनेकी थिइन्। मैले पछि गरौंला भनेको थिएँ’, उनले भने, ‘बिहीबार त्यस्तो घटना सुन्नुपर्‍यो।’

पत्नीलाई समातेर ब गिरहेका थिए विनय : उद्धारकर्मी राजेन्द्र श्रेष्ठ

म आफू काम गर्ने रिसोर्टमा त्रिशूलीको साइडतर्फ बसिरहेको थिएँ। एक्कासि झोलुंगे पुलमा केही मान्छे ‘मान्छे ब गायो, मान्छे ब गायो’ भनेर चि च्याइरहेको सुनें। म कायक चालक भएकाले हत्तपत्त कायक लिएर नदीमा पसिहालें। केही तल मान्छे बगाएको देखेपछि कायकलाई त्यतै लगें।

केटा मान्छे होसमै थियो। केटी मान्छेको खुट्टा समाउँदै सँगै बग्दै रहेछन्। मैले मेरो कायकमा समाउन लगाएँ। केटी मान्छेलाई आफैं समातेर पाखामा ल्याएँ। उनीहरूलाई बाहिर ल्याउँदा केटी मान्छे बे हो स थिइन्। सायद उनको निधन भइसकेको थियो। उनीहरूलाई पाखा ल्याएपछि मात्रै दुई बच्चा पनि थियो भन्ने थाहा पाएँ। मैले नदीमा भने देखिनँ। पुलमा बस्नेहरूले बच्चा पनि ब गेको देखेका रहेछन्। अलिक तलसम्म त पुगेर खोजी गर्‍यौं तर बच्चा फेला पार्न सकिएन। (बेनीघाटका कायक चालक श्रेष्ठसँग टेलिफोनमा गरिएको कुराकानी)

छोराहरू छाडिदिएको भए मै पालिदिन्थें : होटल सञ्चालक श्रेष्ठ

बूढाबूढी गाडीबाट सँगै झरे। सिमसिम पानी परिरहेको थियो। उनीहरूले छाता किन्न खोजे। यता वरिपरि पसल थिएन। पतिले छोराहरू बोकेपछि पत्नी शौचालय गइन्। उनी नआउन्जेल पतिले यताउता हेरिरहे। पारि जाने बाटो खोजेको होला भन्ने लाग्यो। बच्चा बोकेर यहीं उभिरहेका थिए।

उनीहरूले दूध पनि बट्टाबाट ल्याएका रहेछन्। शौचालयबाट फर्केर आएपछि उनीहरूले उत्तापट्टि मेरी बहिनीको घरमा तताएर सानो छोरालाई खुवाए। बहिनीका छोराहरूले बच्चालाई ताली बजाएर जिस्क्याए, हँसाए पनि। एकछिन यतै बसे। त्यसपछि यही झोलुंगे पुल तरेर उनीहरू पारि गए।

होटलमा दिनहुँ सयौं मान्छे आउँछन्–जान्छन्। को कहाँको कता जान लागेको भने केही पनि सोधिनँ। एकछिनपछि ‘मान्छे बगा यो–बगा यो’ भन्ने हल्लाखल्ला आयो। मेरी बहिनीका छोराहरू कायक चलाउँथे। हत्तपत्त उनीहरू कायक लिएर दगुरे। केही बेर तल पुगेपछि केटाहरूले बूढाबूढीलाई समातेर निकालेछन्।

बच्चाहरू फेला परेनन्। उनीहरू त्यही दम्पती रहेछन्, केही बेरअघि यही बसेर बच्चालाई दूध खुवाएर गएका थिए। (भक्कानिँदै) पानीमा ती बच्चाहरूलाई कस्तो भयो होला ? कति नि सा स्सिए होलान् ? बरु बच्चा यही छाडेर गइएको भए मै पालिदिन्थें। अन्नपूर्ण पाेस्ट दैनिकमा सुवास गोतामे/ मनीष दुवाडी लेखेको यो समाचार हामीले साभार गरेका हौ ।

प्रतिक्रिया