भारी वर्षापछि नुवाकोटको जनजीवन प्रभावित

फाईल फोटो ।
नुवाकोट । शुक्रवार विहानैदेखि भारी वर्षा भएपछि नुवाकोटको जनजीवन प्रभावित भएको छ । अहिले देशको उच्च हिमाली भेगमा हिमपात र अन्य स्थानमा वर्षा भइरहेको छ । वर्षा र हिमपातपछि देशभरको जनजीवन प्रभावित बनेको छ ।
बुधबार साँझबाट नेपाल प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै देशको माथिल्लो भागमा हिमपात र अन्य स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । ‘बुधबार बिहानदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण अहिले उच्च हिमाली भेगमा हिमपात तथा देशका अन्य भागमा वर्षा भइरहेको छ,’ मौसमविद् पोखरेलले भनिन् ।
महाशखाले शुक्रबार बिहान ८ः४५ बजेसम्म गरेको मापनअनुसार, सबैभन्दा बढी दाङमा २९ मिलिलिटर पानी परेको छ । त्यसपछि वीरेन्द्रनगर, पोखरा र काठमाडौंमा बढी वर्षा भएको छ । महाशाखाका अनुसार, वीरेन्द्रनगर, पोखरा र काठमाडौंमा अहिलेसम्म क्रमशः २४, २३ र २१ मिलिलिटर पानी परेको छ । सिमरामा १८, नेपालगञ्जमा १० र डडेल्धुरामा ८ मिलिलिटर वर्षा भएको महाशाखाको रेडर्कमा उल्लेख छ ।
वर्षा र हिमपातले देशको जनजीवन प्रभावित भएको छ । काठमाडौंमा बिहानैदेखि वर्षा भएपछि आमनागरिकले कठिनाइ झेलेका छन् । देशको उच्च भागमा परेको हिमपातले जनजीवन थप कष्टकर बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिनभर बदली र वर्षाको श्रृंखला चलिरहनेछ । शनिबारबाट भने मौसम विस्तारै सुधारिँदै जाने मौसमविद्को प्रक्षेपण छ ।
‘आज दिनभर बदली र वर्षाको श्रृंखला चलिरहे पनि भोलिबाट भने मौसम सुधारिँदै जाने देखिन्छ,’ मौसमविद् विभूति पोखरेलले अनलाइनखबरसँग भनिन् ।
मौसममा बारम्बार किन भइरहेको छ बदलाब ?
यस वर्षको हिउँदमा मौसम छिटो–छिटो परिवर्तन भइरहेको छ । केही दिन घाम लाग्ने र त्यसपछि फेरि वर्षा हुने क्रम चलिरहेको छ ।
मौसमविद् वरुण पौडेलका अनुसार, मौसमी प्रणाली भित्रिने र बाहिरिने क्रम छिटो–छिटो भइरहेकाले घाम लाग्ने र पानी पर्ने शृंखला चलिरहेको छ ।
अघिल्ला वर्षहरूको हिउँदमा बढीमा ४÷५ वटा मौसमी प्रणाली भित्रिने गरे यस वर्ष छिटो–छिटो मौसमी प्रणाली फेरिएकाले वर्षा र हिमपात भइरहेको उनको भनाइ छ ।
नेपालमा भित्रिने मौसमी प्रणालीको स्रोत भूमध्य सागर हो । यहाँबाट बहने हावा सोझै नेपालतर्फ बहँदा त्यसको असर बढी पर्ने र अन्यत्र मोडिँदा प्रभाव कम हुने मौसमविद् बताउँछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया