बन्चरेडाँडा ल्यान्डफिल्ड, १३ वर्षदेखि चर्चा, काम अझै अपूरो
विगत १३ वर्षदेखि चर्चा र विवादमा नै रुमलिँदै आएको छ नुवाकोट र धादिङको सिमानामा निर्माणधीन बन्चरे डाँडा स्यानेटरी ल्यान्डफिल्ड । ल्यान्डफिल्ड निर्माण सकिएपछि कम्तीमा एक सय वर्षसम्म काठमाडौंको फोहोर व्यवस्थापन हुनेछ ।
पछिल्लो निर्माण सम्झौताअनुसार गत कात्तिकमा नै निर्माण सम्पन्न भएर काठमाडौं उपत्यकाको फोहोर फाल्न सुरु हुनुपर्ने थियो । कहिले स्थानीयवासीको अवरोध त कहिले अन्य कारण अहिलेसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
परियोजना सहरी विकास मन्त्रालय मातहत आएपछि ल्यान्डफिल्ड निर्माणले तीव्रता पाएको छ । सहरी विकास राज्यमन्त्रीका रूपमा रामवीर मानन्धर आएपछि कामले गति लिन थालेको हो । राज्यमन्त्री मानन्धरले थप सक्रियता देखाउँदै शुक्रबार उपत्यकाका नगरपालिकाका मेयर, धादिङ र नुवाकोट जिल्लाको प्रभावित क्षेत्रका संसद र गाउँपालिका÷वडा अध्यक्षलगायतसँग निर्माणाधीन स्थलमा नै छलफल गर्नुका साथै परियोजनाको अनुगमन गरे ।
राज्यमन्त्री मानन्धरले स्थानीयवासीसँग जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउँदै काममा अवरोध नगर्न आग्रह गरे । उनले परियोजनाको काममा गति दिनसमेत निर्देशन दिए । स्थानीयले फोहोर फाल्न सुरु भएपछि दुर्गन्ध आउन नहुने, लिकेजको उचित व्यवस्थापन गर्नुपर्ने, सडक पूर्वाधार र स्वास्थ्यचौकीको निर्माण गरिनुपर्ने लगायतका माग राखेका छन् । राज्यमन्त्री मानन्धरले उचित माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।
सहरी विकास मन्त्रालयले निर्माण सम्पन्न गरी आगामी फागुनसम्म त्यहाँ फोहोर फाल्ने योजना बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत फोहोरमैलामुक्त काठमाडौं बनाउने योजनाअन्तर्गत ल्यान्डफिल्ड साइट निर्माणलाई महŒव दिँदै आएका छन् । ‘यो ल्यान्डफिल्ड निर्माणमा प्रधानमन्त्रीज्यूले विशेष चासो राख्नुभएको छ, उहाँले काठमाडौंलाई सुन्दर सहर बनाउने, धुलो र फोहोरमैलामुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यो काम त्यसैसँग पनि जोडिएको छ त्यसैले राज्यमन्त्रीज्यूले यसलाई महŒव दिनुभएको छ,’ उनका निजी सचिव गोकुल वस्तीले राजधानीसँग भने ।
सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउने कार्यअन्तर्गत सफा सुन्दर सहर बनाउनका लागि फोहोर व्यवस्थापन गर्न पनि सरकारले ल्यान्डफिल्ड निर्माणमा सक्रियता देखाएको छ ।
राज्यमन्त्री मानन्धर यसअघि पुस पहिलो साता पनि सचिवसहित अनुगमनमा बन्चरेडाँडा पुगेका थिए । त्यस क्रममा ल्यान्डफिल्ड साइट निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिँदै आयोजना ढिलाइ गरे कारबाही गर्ने चेतावनी दिएका थिए । उनले दुई महिनाभित्र निर्माण कार्य सम्पन्न भई प्रयोगमा आउने बताएका छन् ।
परियोजना निर्माणअन्तर्गत हाल कार्यालय प्रयोजनका लागि भवन निर्माणदेखि फोहोर फाल्ने मुख्य स्थानमा फाउन्डेसन निर्माण लगायको काम भइरहेको छ । परियोजना निर्माणका लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरेको छ । आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
राजधानी दैनिकबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया