माथिल्लो त्रिशुली एक’को निर्माण आगामी बैशाखदेखि शुरु हुने

विदुर खबर २०७६ पुष १५ गते २०:३९

नुवाकोट । माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजना निर्माणका लागि वैदेशिक लगानी भित्र्याउन मार्ग प्रशस्त भएपछि आगामी नयाँ वर्षदेखि निर्माण शुरु गर्ने तयारी गरेको छ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको लगानी बोर्डको आइतबारको बैठकले सो आयोजनाका लागि रु ६५ अर्ब बराबरको लगानी ल्याउन स्वीकृति दिएपछि निर्माणको लागि तयारी गरिएको छ । वैदेशिक लगानीका लागि स्वीकृति प्राप्त भएपछि अब आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गर्ने तयारी थालेको छ । प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको कूल २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली—एक जलविद्युत् आयोजनाको गत कात्तिक १५ गते वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका महाप्रबन्धक गिरिराज अधिकारीले आयोजनाको भौतिक निर्माणको बारेमा तयारी भइरहेको बताए । अधिकारीका अनुसार बोर्डको निर्णयको पत्र प्राप्त हुने बित्तिकै वैदेशिक लगानी ल्याउन नेपाल राष्ट्र बैंक जाने त्यहाँबाट स्वीकृति हुने बित्तिकै निर्माण व्यवसायी परिचालन गरिनेछ । प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली-एक आयोजना निजी क्षेत्रको हालसम्मकै ठूलो आयोजना हो । आयोजनामा विभिन्न नौवटा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी छ ।

Advertisement

कूल अनुमानित लागत ६५ अर्बको सो आयोजनामा बैंक तथा वित्तीय संस्थाले कूल ५१ अर्ब लगानी गर्ने सम्झौता भइसकेको छ । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको ठूलो आयोजना हो ।आयोजनामा विश्व बैक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले १६ करोड १३ लाख, एशियाली विकास बैक (एडीबी)ले छ करोड, एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले तीन करोड ९६ लाख, कोरियाली निर्यात-आयात बैंक (केएक्जिम) ले १० करोड, कोरिया डेभलपमेन्ट बैक (केडीबी)ले तीन करोड आठ लाख डलर ऋण लगानी गर्ने सम्झौता भइसकेको छ ।

यसैगरी, सीडीसी ग्रुप पीएलसी (सीडीसी)को दुई करोड १९ लाख, नेदरल्यान्ड डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ)को एक करोड ५४ लाख, पे्रmन्च डेभलपमेन्ट फाइनान्सियल इन्स्टिच्युशन (प्रोपारको) एक करोड १० लाख र अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फन्डको एक करोड ३२ लाख डलर ऋण लगानी रहनेछ ।द बैैक अफ न्युयोर्क मेलनले ‘अफसोर एकाउन्ट’ र नेपाल इन्भेष्टमेन्ट बैंकले ‘अनसोर एकाउन्ट’ बैंकका रूपमा काम गर्नेछन् । आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ ।

Advertisement

प्रतिक्रिया