हरिबोधिनी एकादशी र यसको महत्त्व

विदुर खबर २०७६ कार्तिक २१ गते २२:०८

नुवाकोट । कार्तिक शुक्ल एकादशीका दिन तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।

Advertisement

हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने विभिन्न् एकादशीहरु मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र, रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तर गया बेत्रावती र काठमाडौंको बूढानिलकण्ठ लगाएत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्छन् ।

हिन्दू धर्ममा एकादशीलाई भगवान बिष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसि भगवान विष्णुको आराधना गरे एकादशीको व्रतले हजार अश्वमेध यज्ञ र सात सय राजसूय गरे बराबरको फल प्राप्त हुने शास्त्र हरुमा उल्लेख् छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।
कृष्ण भगवानले युधिष्ठिरलाई भनछन्– कार्तिक महिनाको शुक्लपक्षको प्रबोधिनी एकादशीमा भगवान् विष्णु जागा हुन्छन् । यस दिनलाई देवोत्थान पनि भनिन्छ । यो एकादशीको व्रतले हजार अश्वमेध यज्ञ र सात सय राजसूय गरे बराबर हुन्छ । भक्तिपूर्वक उपवास गर्नाले ऐश्वर्य, सम्पत्ति, उत्तम बुद्धि, राज्य तथा सुख पाउन सकिन्छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कार्त्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।

Advertisement

हरि’को लाक्षणिक अर्थ विवेक हो । न्याय अन्याय, ठीक बेठीक, गुण अवगुण, उचित अनुचित छुट्याउने क्षमता नै विवेक वा हरि हो । त्यस्तो परमार्थ परोपकारी भाव जागा हुने वा ब्यूझने शुभ मुहूर्त भएरै यो दिनलाई ‘हरिप्रबोधिनी’ अर्थात् हरिबोधिनी एकादशी भनेर पुकारिएको हो ।

एक वर्षभरमा पर्ने विभिन्न् एकादशीका नाम निम्न छन् स् उत्पन्ना, मोक्षा, सफला, पुत्रदा, षट्तिला, जया, विजया, आमलकी, पापमोचनी, कामदा, बरुथिनी, मोहिनी, अपरा, निर्जला, योगिनी, हरिशयनी, कामिका, पुत्रदा, अजा, पद्मा, इन्दिरा, पापाङ्कुशा, रमा, हरिप्रबोधिनी, कमला, कामदा हुन् ।

Advertisement

प्रतिक्रिया