पोष्टबाहदुरसंग एउटा छापामारको भेट

विदुर खबर २०७६ भदौ ३० गते १२:५८

जितेन्द्र तामाङ

नुवाकोट । रोल्पा जिल्लाको ढाङडुङ कुरेली उपबाङमा माओवादी जनयुद्धमा विकसित सबैभन्दा उच्च र ठुलो जनसेनाको प्राविधिक विभाग अन्तर्गतको मुख्य कारखाना थियोे ।  जुन जनमुक्ति सेनाको मध्य डिभिजन प्रबिधिक बिभाग द्वारा संचालित थिए । प्राविधिक बिभाग अन्तर्गतको सदस्य भएकाले खारा लडाइँको वरिपरि म त्यहीँ कार्यरत थिए ।

Advertisement

डिभिजन कमाण्डर पासाङ र सहायक कमाण्डर बरुण प्राविधिक क्षेत्रमा निक्कै गहिरो अध्यन गर्नु हुन्थ्यो । बेला बेलामा विभागमा आर्इरहनु हुन्थ्यो । कारखानाको ३० मिनेटको दुरिमा सरावाङ भन्ने ठाउँमा पार्टीको कमाण्ड कार्यालय थियोे । कमाण्ड इन्चार्ज स्थायी समिती सदस्य (हेडक्वर्टर सदस्य) नुवाकोटका पोष्टबहादुर बोगटी (दिवकार) थिए । कमाण्डर पासाङले दिवकर सङ्ग प्राविधिक बिभागमा नुवाकोटको एकजना भार्इ छ,भनेर कुरा गर्नु भएको रहेछ । जिल्लाबासी रोल्पा भएको र प्राविधिक बिभागमा भनेपछि दिवकर लाई अझ उत्सुक भएछ,भेटौन भन्ने कुरा भएछ । युद्धकालमा नेताहरू सङग भेट्ने छलफल गर्ने त के नेताको छाँया देख्न पाउनु पनि ठुलो कुरा मानिन्थ्यो ।

हाम्रो लेबलको कार्यकर्ता हरुको त्यसरी उच्च नेताहरु सङ्ग भेट्ने प्रय्वकाम नै हुँदैन थियो र अवश्यता पनि हुन्थेन । केहि दिन पछि कमाण्डर पासाङ कारखाना आउनु भएको थिए,उहाँको स्यटलाईट फोनबाट ३-४ मिनेट दिवकार सङ्ग कुरा गर्ने अवसर मिल्यो । नुवाकोट घर कुन ठाउँ भनेर सोध्नुभयो त्यसपछि मेरो गाउँको केही पुराना कम्युनिस्ट कार्यकर्ताहरुको बारेमा सोध्नुभयो त्यसपछि मेरो जिम्मेवारी भनेमा सोध्नुभयो । समय मिल्यो भने भेटाउल भन्दै फोन रखियो । केही दिन पछाडी प्राविधिक विभागको प्रमुख ब्यबस्थापक शेषमगर दाईले मलाई उहाँ सङ्गै जाने भन्नुभयो । उहाँ पार्टीको क्षेत्रीय ब्युरो सदस्य हुनुहुन्थ्यो । कमण्डरको आदेशमा चल्ने हामीलाई कहाँ,के भन्ने भन्दा आदेश पालना गर्नु मुख्य कुरा हुन्थ्यो । शेष दाइको पछि लागेर सरावाङ्ग पुगियो,बल्ल शेषदाईले तपाईलाई यहाँ कमण्ड कार्यलयमा बोलाउनु भएको छ भन्नू भयो,अनि मनमा सोचे अब गण्डक तिर पठाउने होला सायद भन्ने मनमा खेल्न थाल्यो ।

Advertisement

त्यहाँ धेरै नेताहरू थिए । अ-आफ्नै ब्यस्तत देखिन्थ्यो । मगर घाम भाषामा शेष दाइ त्यहाँ कार्यरत साथीहरू संग कुराकानी गरे मैले केही पनि बुझिन,त्यसपछि मलाई एउटा घर भित्र लगे त्यहाँ कमरेड दिवकार हुनुहुँदो रहेछ,शेष दाइ ले दिवकार लाई लाल सलाम कमरेड ! भन्दै संग हात मिलाउँदै नुवाकोट बाट बिभाग आएको जितेन्द्र कमरेड ! भनेर परिचय गराएर उहाँ बाहिर निस्कनु भयो । पहिलो चोटी यति ठुलो नेता सङ्ग भेट्दा म दंग परे,यो एउटा आकस्मिक थियोे र संजोक पनि त्यसकारण के बोल्ने भन्ने बिषय नै म संग तुरुन्त तयार हुन गह्रो भयो । केही हर्ष मिश्रति त्रार र खुशी ले मन उमंग बनायो । कमरेड दिवकर छिमेकी गाउँबासी थिए । मेरो परिचय बाट कुरा सुरु भयो ।

एक छोरा सहिद भए हजारौं छोराहरु जन्मिरहेको छ भन्नुभयो । कमरेड बोगटी उच्च नेता भएर पनि उहाँको अभिव्यक्त अत्यन्तै सरल लाग्यो ।

Advertisement

नुवाकोट/धादिङ र बासु स्मृति ब्रीगेड हुँदै यहाँ सम्म आएको भने,अनि वीरबहादुर सर उहाँको परिवारको बारेमा सोध्नु भयो । वीरबहादुर,हरि काका(हरी नेपाल),नबराज,बोधबाहदुर,बिजय लगायत ११ जना साथीहरूको ठुलो गाउँमा सेनाले सामुहिक हत्या गरेको थियो । यो घटनाको बारेमा थाहा भए सम्मको बताए । त्यसैगरि स्थानीय पार्टी र कार्यकर्ताहरुको बारेमा कुरा भयो । नुवाकोट तुप्चे जहाँ पोष्टबाहदुरको गाँउ त्यहीँ बाट थुप्रै योद्धाहरु सहिद भैसकेका थिए । तुप्चेबाट जनयुद्धको एक कुशल कमण्डर क. दिलिप थिए । कम्पनी कम्पनी कमण्डर शिव नेपाल( दिलिप) जस्ले जनयुद्धमा आफ्नो बुबा गुमाएर पनि निरन्तर लडिरहेका थिए । केही महिना अगाडि मात्रै रोल्पाको कोटगाँउमा शाही सेना संगको भिडन्तमा सहिद उहाँ हुनुभएका थिए । उहाँको जनयुद्धमा भुमिका,सैन्य जिम्मेवारी र सहदत हुनेबेलाको लडाइँको अवस्था बारेमा कुरा भयो,त्यसपछि उहाँको छोरा रबि बोगटी (अनन्त) को बारे सोध्नुभयो,क.अनन्त र म एकै क्षेत्रमा कार्यरत थिए ।

धादिङको सत्यादेवि हत्याकाण्डमा कमरेड अनन्त सङ्गै बर्सुङचेतको बिमल घले र धादिङ खाल्टेको डम्बर श्रेष्ठको तत्कालीन शाही सेनाले कब्जामा लिएर निर्मम यातना दिएर हत्या गरेको थियो । प्रकाशनको काममा व्यस्त अवस्थाम गिरफ्तार गरेका थिए । हामी एउटै सेल्टरबाट बिहान काम विशेषले छुटेका थियौं । १ घण्टा अगाडि छुटेका साथीहरू गिरफ्तार परेको खबर प्राप्त भयो र दिउँसो सेना फर्केपछि हामी पुग्दा साथीहरू लास क्षेतबिच्छेद अवस्थामा खनियाबासको बच्छ्ला मा.वि. को पछाडी अलि अलि छोपछाप गरिराखेको अवस्थाम भेटाइयो । लास हेर्दा निकै यातना दिएर गोली हानिएको थियो । अन्तिम संस्कर स्वरुप पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली गरेर हामी फर्के । मैले यी घटनाहरुको बारेमा मैले सरसर्ती बताउँदै गर्दा उहाँ निकै भाबुक गम्भीर हुनुभयो । यो क्रान्तिको नियम हो, कुनै नौलो कुरा होइन, हजारौं सहिदहरुमा रबि पनि समाहित भएको छ,मेरो लागि तपाई हरु नै मेरो छोरा रबि हुन भन्नुभयो ।

एक छोरा सहिद भए हजारौं छोराहरु जन्मिरहेको छ भन्नुभयो । कमरेड बोगटी उच्च नेता भएर पनि उहाँको अभिव्यक्त अत्यन्तै सरल लाग्यो । अन्त्यमा मेरो जिम्मेवारी र बिभागिय भूमिकाको बारेमा उहाँले धेरै महत्त्वपूर्ण छ राम्रोसँग मिहिनेत गर्नु भन्नुभयो । करिब एक घण्टा कुराकानी भयो । उहाँको श्रीमती तथा सहिद अनन्तको आमा राम माया बोगटी राङकोट तिर भएकोले भेट्न सकिएन समय मिलेमा फेरि भेटौल भन्दै बिदा भएको थिए । आदरणीय दिवकर प्रति हार्दिक श्रद्धाञ्जली ।

लेखक पुर्ब जनमुक्ति सेनाका कमान्डर हुन

प्रतिक्रिया