राजपाले भन्यो-ओलीको बोलीमा विश्वास छ तर, सरकारमा जान्नौं

विदुर खबर २०७४ फागुन २७ गते १२:४०

२७ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको छ । तर, संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताएको छ ।

Advertisement

संसदको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफूहरु सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्रीले संविधान संशोधनको प्रतिवद्धता जनाउँलान् भन्ने लागेको तर नभएको उनले बताए ।

Advertisement

उनले भने, ‘प्रधानमन्त्रीको बचनमा विश्वास छ, हामी कुनै सम्झौता गर्दैनौं तर, तपाईले आजै संसदमा एउटा प्रतिवद्धता जनाइदिनुस् । सिंगो देश एक भएको सन्देश दिनुस् ।’

उनले सर्बदलीय बैठक बोलाउन र साझा एजेण्डा बनाएर अघि बढ्न ओलीलाई सुझाव दिए ।

Advertisement

राजपा सांसद यादवले प्रधानमन्त्री ओलीलाई मत दिने तर, आफ्नो पार्टी तत्काल सरकारमा नजाने बताए । उनले भने, ‘संविधान संशोधन लगायतका मुद्दा सम्बोधन भएपछि विचार गरौंला ।’

प्रतिक्रिया