घ्याङफेदीमा ज्यान गुमाएकाको परिवारलाई कांग्रेस नुवाकोटको सहयोग
नुवाकोट÷नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङडाँडामा गत मंसिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत स्वरुप नेपाली कांग्रेस नुवाकोटले प्रति मृत्तक व्यक्तिका परिवारलाई ५ हजार रुपैया सहयोग गरेको छ ।
नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश नरसिंह केशीले आइतबार पत्रकार सम्मेलन गरी कांग्रेसका प्रतिनिधि शशीसागर पण्डितलाई एक लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन । मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमा समेत नहुने भएकाले सहयोग स्वरुप राहत रकम उपलब्ध गराएको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश नरसिंह केशीले बताए । यसैबिच कांग्रेस नुवाकोटले दुर्घटनामा ज्यान गुमाएका परिवार र घाइतेको उपचारका लागि सबैसँग सहयोगको आग्रह गरेको छ ।
गत मंसिर २८ गते भएको दुर्घटनामा घटनास्थलमा नै १८ जना र उपचारको क्रममा थप चार गरी २२ जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेमध्ये ७ जनाको अहिले काठमाडौको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।उनीहरुको उपचारको क्रममा आर्थिक अभाव भएकाले सहयोगको लागी दुप्चेश्वर गाँउपालिकाले गरेको अपिल अनुसार दाताहरुबाट सहयोग जुट्नेक्रम पनि जारी रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया