रसुवा भन्सारका तत्कालीन भन्सार अधिकृतसहित ६ जनाविरुद्ध ७५ करोडको मुद्दा दायर

काठमाडौं– घोषणै नगरी सामान पास गर्ने रसुवा भन्सारका तत्कालीन भन्सार अधिकृतसहित ६ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। सोमबार विभागले ती अभियुक्तविरुद्ध करिब ७५ करोड रुपैयाँ मागदाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
विभागले रसुवा भन्सारका तत्कालीन भन्सार प्रमुख र नायव सुब्बा तथा मितेरी इन्टरनेसनलका प्रोपाइटर तथा सामानधनीलाई मुख्य अभियुक्त बनाई मुद्दा दायर गरेको हो। मुद्दा दायर भएका तत्कालीन भन्सार अधिकृत पवित्रकुमार खड्का र नायव सुब्बा धिरजकुमार थापा हुन्। त्यस्तै, मितेरी इन्टरनेसनलका प्रोपाइटर सुमन श्रेष्ठ हुन् भने सामानधनी रञ्जन त्रिपाठी हुन्।
उनीहरूविरुद्ध जरिवानासहित जनही १५ करोड रुपैयाँ बिगो र ३ वर्ष कैद मागदाबी गरिएको छ।
त्यस्तै, दुई जनालाई मतियारका रुपमा मुद्दा दायर गरिएको छ। जसमा लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर धनबहादुर तामाङ र गाडी चालक डम्बरबहादुर श्रेष्ठ छन्। उनीहरू दुवैविरुद्ध जनही ७ करोड ५९ लाख रुपैयाँ बिगो र डेढ वर्ष कैद मागदाबी गरिएको छ।
यी सबैको ‘सेटिङ’ मा गत १८ साउनमा रसुवाबाट पास भएको एक ट्रक सामान विभागले नियन्त्रणमा लिएको थियो। उक्त घटनामा विभागले अनुसन्धान अघि बढाएको थियो। ‘एडिडास’ ब्रान्ड उल्लेख भएका ‘गेमसेट’ राखिएको उक्त ट्रक सामान घोषणै नगरी भन्सार पास गराइएको थियो। उक्त ट्रक र ट्रकका सामान जफत गर्ने मागदाबी पनि विभागले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
उक्त घटनापछि विभागले मितेरी इन्टरनेसनलका प्रोपाइटर सुमन श्रेष्ठलाई बयानका लागि बोलाएको थियो। उनी उपस्थित नभएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। तर, उनले अटेर गरे। पछि सामानको दाबी गर्दै सामानधनी रञ्जन त्रिपाठी आएका थिए।
उनी पनि केही समयपछि सम्पर्कमा रहेनन्। सोपश्चात् त्रिपाठीविरुद्ध पनि पक्राउ पुर्जी जारी भयो। त्यसो गर्दा पनि उनी हाजिर नभएपछि विभागले गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो। त्यति गर्दा पनि उनीहरू विभागमा उपस्थित नभएपछि ट्रक तथा ट्रकमा भएका सामानको आधारमा बिगो कायम गरी मुद्दा दायर गरेको विभाग सुत्रले जनायो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग
प्रतिनिधि सभाको पहिलो बैठक अर्जुननरसिंहले चलाउने
आजको मौसम : बागमतीमा चट्याङसहित वर्षा हुने





प्रतिक्रिया