रङ्गघारीमा फलामे फड्के निर्माण तीव्र, फाउन्डेसन तयार हुँदै
नुवाकोट । विदुर नगरपालिका वडा नं. ४ रङ्गघारीबाट विदुरकै वडा नं. १२, ६, ३, ८ र तारकेश्वर गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सहजीकरण गर्ने उद्देश्यले निर्माणाधीन फलामे फड्के (पुल) को काम तीव्र गतिमा अगाडि बढेको छ।

स्थानीयको निरन्तर सक्रियता र सेवाभावका साथ भइरहेको यस निर्माण कार्य अन्तर्गत हाल नदीको दुवैतर्फको फाउन्डेसन (जग) तयार पार्ने काम भइरहेको छ। फड्के निर्माण सम्पन्न भएसँगै रङ्गघारी हुँदै विदुरका विभिन्न वडा र तारकेश्वर क्षेत्रका नागरिकहरूलाई दैनिक आवतजावत गर्न निकै सहज हुने विश्वास लिइएको छ।
फलामे फड्के निर्माणको यो अभियानमा विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठको महत्वपूर्ण साथ र सहयोग रहेको निर्माण अभियानकर्मीहरूले बताएका छन्। निर्माण सुरु भएदेखि नै नगर प्रमुख श्रेष्ठले पूर्ण सहयोग गर्दै आउनुभएको र रङ्गघारीतर्फको फाउन्डेसन खन्न तथा सम्याउनका लागि जेसीबी (JCB) मेसिनसमेत उपलब्ध गराएर कामलाई थप गति प्रदान गर्नुभएको छ।
स्थानीय पूर्वाधार विकास र नागरिकको दैनिक सेवासँग प्रत्यक्ष जोडिएको यस कार्यमा नगरपालिकाको तर्फबाट प्राप्त साथप्रति निर्माण टोलीले नगर प्रमुख श्रेष्ठलाई विशेष धन्यवाद व्यक्त गरेको छ।

दुवैतर्फको फाउन्डेसन तयार भएसँगै फलामे फड्के जडानको काम छिट्टै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









रङ्गघारीमा फलामे फड्के निर्माण तीव्र, फाउन्डेसन तयार हुँदै
स्काई लभ फाउन्डेसनद्वारा न्यानो कपडा वितरण
भोटेकोशी बाढीपीडितहरूको हकहित र न्यायका लागि बेत्रावतीमा साझा सरोकार समिति गठन
दुप्चेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा पञ्चकन्याका कार्कीको निधन
पुनर्निर्माणको पर्खाइमा त्रिशूली र देवीघाट जलविद्युत गृह





प्रतिक्रिया