दुप्चेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा पञ्चकन्याका कार्कीको निधन

विदुर खबर २०८३ कार्तिक ३० गते २२:०६

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी पञ्चकन्या गाउँपालिका वडा नं. ४, आरुखर्क निवासी ५५ वर्षीय भैरव बहादुर कार्की (नारायण कार्की) को निधन भएको छ।

शुक्रवार राती दुप्चेश्वरबाट घर फर्कने क्रममा दुप्चेश्वर गाउँपालिका–६, नौबिसेमा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका कार्कीलाई तत्काल थप उपचारका लागि काठमाडौँ पुर्याइएकोमा अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाकाे विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया