विदुर–१० भैँसेदेखि तुप्चे जोड्ने मार्गमा ह्युम पाइप राख्ने कार्य सुरु
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नं. १० भैँसेदेखि वडा नं. ७ तुप्चे जोड्ने सडक खण्डमा मोटर आवतजावतलाई सहज बनाउन ह्युम पाइप राख्ने काम सुरु गरिएको छ।

स्थानीय यातायात सञ्चालनमा सहजता ल्याउने उद्देश्यका साथ पहिलो दिन ४ वटा ह्युम पाइप अनलोड गरी निर्माण कार्य अगाडि बढाइएको हो।
निर्माण व्यवसायी एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य ग्याल्जे शेर्पा र नेपाल शेर्पा संघको पूर्ण आर्थिक लगानीमा उक्त कार्य भइरहेको हो। निर्माण कार्यको सम्पूर्ण व्यवस्थापन तथा प्राविधिक सुपरिवेक्षण नुवाकोट निर्माण व्यवसायी संघले गरिरहेको छ।
वर्षातको समय वा पानीको बहावका कारण सवारी साधन आवतजावतमा हुने कठिनाइलाई मध्यनजर गर्दै यो काम थालिएको हो। निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाएर छिट्टै सम्पन्न गरिने जनाइएको छ।

ह्युम पाइप जडान भएसँगै भैँसे, तुप्चेलगायत आसपासका क्षेत्रका स्थानीय बासिन्दालाई दैनिक आवतजावत तथा कृषि उपज र निर्माण सामग्री ढुवानीमा ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









विदुर–१० भैँसेदेखि तुप्चे जोड्ने मार्गमा ह्युम पाइप राख्ने कार्य सुरु
बेलकोटगढीका वडा अध्यक्ष भुजेल रास्वपा प्रवेश, कांग्रेसमा हलचल
पार्टीका लागि ज्यान दिन तयार छु : शेरबहादुर देउवा
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
प्रहरी महानिरीक्षक केसीलाई तुप्चे–काठमाडौं एकता समाजको सम्मान





प्रतिक्रिया