प्रहरी महानिरीक्षक केसीलाई तुप्चे–काठमाडौं एकता समाजको सम्मान

विदुर खबर २०८३ कार्तिक २८ गते २१:०४

नुवाकोट । नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा हुनुभएका डा. मनोज कुमार केसीलाई ‘तुप्चे–काठमाडौं एकता समाजले सम्मान गरेकाे छ ।

Advertisement

शुक्रवार आयाेजित एक कार्यत्रममा तुप्चे–काठमाडौं एकता समाजले महानिरीक्षक केसीलाइ बधाइ दिँदै सम्मान गरेकाे हाे ।

नुवाकोटकाे विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा २०३२ साल साउन २८ गते जन्मनु भएका डा. के.सी. तुप्चे–काठमाडौं एकता समाजका आजीवन सदस्य समेत हुन् ।

Advertisement

जन्मभूमि तुप्चे, नुवाकोट तथा समग्र राष्ट्रमै एक कर्तव्यनिष्ठ र कुशल प्रहरी महानिरीक्षकको रूपमा आफूलाई उभ्याउन सफल हुनुभएकोमा समाजले गर्व महसुस गरेकोले उनलाइ सम्मान गरिएकाे समाजका अध्यक्ष सिताराम थापाले बताए ।

प्रतिक्रिया