नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशन मंसिर ६ गते बट्टारमा हुने

विदुर खबर २०८३ कार्तिक २८ गते १६:४२

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशन आगामी मंसिर ६ गते आइतबार हुने भएको छ।

Advertisement

यसअघि कार्तिक २९ गतेका लागि तय गरिएको अधिवेशन मंसिर ६ गते बिहान ११:०० बजे बट्टारस्थित बाजेको सेकुवामा गर्ने निर्णय गरिएको हो।

नेपाली कांग्रेस नुवाकोटका संयोजक श्रीराम श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा पूर्वनिर्धारित कार्तिक २९ गतेको मितिमा अधिवेशन सम्पन्न गर्न सम्भव नदेखिएकाले मिति सारिएको उल्लेख छ।

Advertisement

पार्टीको विधान, विधि, प्रक्रिया र संगठनात्मक मर्यादालाई आत्मसात् गर्दै अधिवेशन सम्पन्न गर्न बाँकी रहेका पालिकाहरूको अधिवेशन प्रक्रिया पूरा गरी सबै तहका अधिवेशनहरू व्यवस्थित, निष्पक्ष र सहमतिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले यो निर्णय लिइएको संयोजक श्रेष्ठले जनाएका छन्।

अधिवेशनमा जिल्लाभरका पार्टी पदाधिकारी, महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

Advertisement

नुवाकाेट क्षेत्र नम्बर १ को अधिवेशन शनिवार हुने निश्चित भएसँगै जिल्ला अधिवेशनकाे टुङ्गाे लागेकाे हाे । नुवाकाेट क्षेत्र नम्बर १ मा सभापतिकाे दाैडमा सन्त वहादुर घले र रामजी पाैडेल रहेका छन् ।

प्रतिक्रिया