त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन प्रहरीको आग्रह

विदुर खबर २०८३ कार्तिक ४ गते २१:३०

नुवाकोट । त्रिशूली नदी किनारमा शंकास्पद वस्तु फेला परे नचलाउन जिल्ला प्रहरी कार्यालय धादिङले सर्वसाधारणलाई आग्रह गरेको छ।

Advertisement

भोटेकोशी र बूढीगण्डकी नदी हुँदै त्रिशूलीमा आएको बाढीले पाखा लगाएका वस्तु चलाउने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएपछि प्रहरीले यस्तो आग्रह गरेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै त्रिशूली नदी किनारमा फेला पर्ने शंकास्पद वस्तु नचलाउन र त्यस्ता वस्तु देखिए नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ।

Advertisement

बाढीले बगाएर ल्याएका शंकास्पद वस्तु चलाउने क्रममा आइतबार दुई जना घाइते भएको प्रहरीले जनाएको छ। नदी किनारमा विस्फोटक पदार्थ हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन प्रहरीले आग्रह गरेको हो।

प्रतिक्रिया