त्रिशूली अस्पतालमा MRI मेसिन उपलब्ध गराउन ऐतिहासिक सम्झौता
नुवाकोट । नुवाकोट, रसुवा र धादिङका बासिन्दालाई लक्षित गर्दै त्रिशूली अस्पतालमा एमआरआई (MRI) मेसिन उपलब्ध गराउनेसम्बन्धी एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज (IFRC) नेपाल प्रतिनिधिमण्डल, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको संयुक्त पहलकदमी तथा सहकार्यमा उक्त सम्झौता सम्पन्न भएको हो।
यस क्षेत्रकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको त्रिशूली अस्पतालमा एमआरआई सेवा उपलब्ध नहुँदा यसअघि बिरामीहरू जटिल रोगको निदान तथा परीक्षणका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता थियो। सम्झौताअनुसार एमआरआई मेसिन जडान भई सेवा सञ्चालनमा आएपछि नुवाकोटका साथै छिमेकी जिल्ला रसुवा र धादिङका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूले स्थानीयस्तरमै सुलभ र गुणस्तरीय उपचार सेवा पाउनेछन्।
सम्झौता पश्चात् स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले IFRC, नेपाल रेडक्रस सोसाइटी र विदुर नगरपालिकाको पहलप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। रेडक्रस र नगरपालिकाको यो अतुलनीय सहयोगले यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउनुका साथै विपन्न तथा पहुँचविहीन नागरिकहरूप्रति ठूलो राहत पुर्याउने विश्वास लिइएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
आज नवरात्रको छैटौं दिन, यस्तो छ कात्यायनी देवीको पूजाविधि
कांग्रेस सहमहामन्त्री खुला खस आर्यतर्फ आचार्य विजयी
त्रिशूली अस्पतालमा MRI मेसिन उपलब्ध गराउन ऐतिहासिक सम्झौता
रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान





प्रतिक्रिया