त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे

विदुर खबर २०८३ असोज १० गते २१:३२

नुवाकोट । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोट जिल्लामा हालसम्म २०६ जनाको शव निकालिएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बरामद गरिएका शवमध्ये ९८ जनाको मात्रै सनाखत हुन सकेको छ भने १०६ जनाको पहिचान अझै खुल्न सकेको छैन।

पहिचान खुलेका शवहरूमा ५० जना पुरुष र ४८ जना महिला रहेका छन्। पहिचान हुन नसकेका र क्षतविक्षत अवस्थामा रहेका शवहरूको पहिचानका लागि आवश्यक प्रक्रिया तथा डिएनए (DNA) नमुना संकलनको कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement

बाढीका कारण जिल्लाभर ६६ जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पताल तथा काठमाडौँका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

यस्तै, बाढीका कारण हालसम्म २ हजार ७ सय २३ जना बेपत्ता रहेको प्रहरीको तथ्याङ्क छ।

Advertisement

नदी तटीय क्षेत्र, जलविद्युत् आयोजना स्थल तथा प्रभावित बस्तीहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

प्रतिक्रिया