विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने

विदुर खबर २०८३ भदौ २३ गते १३:५९

नुवाकोट । गत २०८३ भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर नगरपालिका वडा नं. १ स्थित ऐतिहासिक त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको भवन लगायत सम्पूर्ण जग्गा जमिन पूर्ण रूपमा क्षति भएको छ।

Advertisement

बाढीले पुर्‍याएको व्यापक भौतिक क्षतिपछि सोही परिसरमा विद्यालय पुनः सञ्चालन गर्न असम्भव बनेको छ। बाढीका कारण विद्यार्थीहरूको नियमित पठनपाठन लामो समयसम्म प्रभावित नहोस् भन्ने उद्देश्यले वैकल्पिक स्थानमा सिकाइ प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो।

विद्यार्थीहरूको पठनपाठनलाई क्रमशः सुचारु गर्न नगरपालिकाको वडा नं. ९ अन्तर्गत डिहीबजारमा रहेको सहरी विकास तथा भवन कार्यालयको जग्गासहितको भवन र जिल्ला खेलकुद विकास समिति नुवाकोटको जग्गा तथा भवन प्रयोग गरी अस्थायी सिकाइ केन्द्र (TLC) निर्माणका लागि अनुमति प्रदान गरिएको छ।

Advertisement

स्थानीय प्रशासन तथा सरोकारवालाहरूको यस निर्णयसँगै प्राकृतिक विपत्तिका कारण रोकिएको विद्यालयको पठनपाठन चाँडै सुरक्षित र व्यवस्थित वातावरणमा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया