वडा सदस्य थापाले गरे व्यक्तिगत खर्चमा राहत वितरण
नुवाकाेट । गत भदौ १० गते आएको विनाशकारी लेदोसहितको पहिरो र बाढीपछि उत्पन्न कठिन परिस्थितिमा आफ्ना व्यक्तिगत व्यस्ततालाई पन्छाउँदै नुवाकाेटकाे तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य रामकाजी थापाले आफ्नै व्यक्तिगत खर्चमा राहात वितरण गरेका छन् ।

बाढीको खबर पाउनासाथ भदौ १२ गते काठमाडौँबाट गाउँ पुगेका उनले गाउँ पुगेर प्रशंसनीय राहत तथा उद्धार कार्य सम्पन्न गरेका छन्।
गाउँ पुग्ने बित्तिकै मोबाइल बिग्रिएर विपदको तथ्याङ्क सङ्कलन र समन्वयमा समस्या आए पनि उनले घरमा रहेको पुरानो मोबाइलको प्रयोग गरी राहत कार्य अघि बढाएक थिए।

तारकेश्वर गाउँपालिका वडा नम्बर ४ बाट प्रभावितहरूको तथ्याङ्क सङ्कलन गरी काठमाडौँ तथा देश-विदेशमा रहेका आफन्त र साथीभाइहरूसँग समेत उनले समन्वय गरेका थिए ।
थापाले आफ्नै व्यक्तिगत खर्चमा बाढी तथा पहिरोबाट प्रत्यक्ष प्रभावित परिवारहरूलाई राहत सामाग्री उपलब्ध गराएका हुन्। वितरण गरिएकाे सामाग्रीहरुमा दैनिक जस्वनमा आवश्यक पर्ने खाध्यान्न, सिरक डसना लगायत रहेका छन् । थापाको व्यक्तिगत सहयोग तथा देश-विदेशका साथीभाइहरूको उत्साहजनक साथले राहत अभियान थप प्रभावकारी बनेको भन्दै बाढी प्रभावितहरु समेत खुशी भएका छन् ।

थापाले गाउँमा विद्युत अवरुद्ध भएको समयमा मोवाइल चार्ज गर्न समेत समस्या भएपछि चार्जिङ स्टेशन समेत निर्माण गरिदएका छन् । जसका कारण बिजुली र सञ्चार विच्छेद भएको अवस्थामा पनि स्थानीयवासीले आफ्ना सन्तान तथा आफन्तहरूसँग सम्पर्क स्थापित गर्न सहजता पाएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














‘यो देशमा सरकार छैन’
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन प्रहरीको आग्रह
बट्टारमा ईभी माईक्रो र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना





प्रतिक्रिया