देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
नुवाकोट । भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पक्की तथा झोलुंगे पुल बगाएपछि सास्ती खेपिरहेका नुवाकोटका स्थानीयका लागि वैकल्पिक रूपमा तुइन सञ्चालनमा ल्याइएको छ।

विदुर नगरपालिका–५ देवीघाट क्षेत्रमा शुक्रबार साँझ ५ बजेदेखि तुइन सञ्चालनमा आएको हो।गत भदौ १० गतेको अविरल वर्षा र बाढीका कारण देवीघाट बजारसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो।
बाढीले ओहोरदोहोर गर्ने मुख्य पक्की पुल र झोलुंगे पुलसमेत बगाएपछि विदुर नगरपालिका वडा नम्बर ३ र ५ का स्थानीयको आवतजावत पूरै ठप्प बनेको थियो। नदी वारपार गर्न नसक्दा स्थानीयले दैनिक उपभोग्य सामान ढुवानी र औषधि उपचारका लागिसमेत ठूलो कठिनाइ भोग्दै आएका थिए।

स्थानीयको यो सास्तीलाई ध्यानमा राख्दै तत्कालका लागि तुइन सञ्चालनमा ल्याइएको विदुर–३ का वडाध्यक्ष बद्री रिमालले जानकारी दिए। तुइन सञ्चालनमा आएपछि अत्यावश्यक कामका लागि नदी वारपार गर्न र खाद्य सामग्री ढुवानी गर्न केही सहज हुने अपेक्षा गरिएको छ।

यद्यपि, वर्षातको समयमा उर्लंदो त्रिशूली नदीमाथि तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कायमै रहेकाले स्थानीयले भने यथाशीघ्र बेलिब्रिज वा नयाँ झोलुंगे पुल निर्माण गरी आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै 





प्रतिक्रिया