तरुण दल नुवाकोटको अध्यक्षमा दिलबहादुर तामाङ
विदुर खबर
२०८३ भदौ २ गते २१:३९
नुवाकोट । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल नुवाकोटको रिक्त अध्यक्ष पदमा दिलबहादुर तामाङ (घिसिङ) मनोनीत भएका छन्।

नेपाल तरुण दल केन्द्रीय समितिले तामाङलाई जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पेको हो। केन्द्रीय अध्यक्ष मनिष कोइरालाद्वारा हस्ताक्षरित पत्र अनुसार, तरुण दलको सिद्धान्त, आदर्श र विधान एवं केन्द्रको नीति-निर्देशन बमोजिम संगठनलाई सुदृढ र गतिशील बनाउन उनलाई निर्देशन दिइएको छ।
मनोनयन पत्रमा आगामी २०८३ साल कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न समेत समयसीमा तोकिएको छ। नवनियुक्त अध्यक्ष तामाङलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

पत्रको बोधार्थ नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटका सभापतिलाई दिइएको छ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














गोसाइँकुण्ड मेला आउने तीर्थयात्रीका लागि खाना शुल्क निर्धारण
तरुण दल नुवाकोटको अध्यक्षमा दिलबहादुर तामाङ
त्रिशुली ढल विस्तारका लागि ७ दिनभित्र अस्थायी संरचना हटाउन विदुर–४ को ताकेता
टोखा-छहरे सडकखण्ड राति बन्द हुने
नुवाकाेटकाे एक निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा





प्रतिक्रिया