त्रिशुली ढल विस्तारका लागि ७ दिनभित्र अस्थायी संरचना हटाउन विदुर–४ को ताकेता

नुवाकोट । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरद्वारा सञ्चालित त्रिशुली ढल आयोजना अन्तर्गत ढलको पाइपलाइन विस्तार कार्य अघि बढाउन विदुर नगरपालिका वडा नं. ४ कार्यालयले स्थानीय बासिन्दासँग सहजीकरणको अपिल गरेको छ।

वडा कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै मैधली ब्यारेकको खोल्चीदेखि बागवानि फार्मको प्रवेश सडकसम्म ढलको पाइप लाइन तत्काल विस्तार गर्न लागिएकाले उक्त क्षेत्रका अस्थायी संरचना हटाउन आग्रह गरेको हो।
सडकको मापदण्डभित्र परेका अस्थायी संरचना तथा व्यक्तिगत सरसामानहरू सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफैं हटाई ढल विस्तार कार्यमा सहयोग पुर्याउन स्थानीय बासिन्दाहरूलाई अनुरोध गरिएको छ।

तोकिएको समयभित्र पूर्वाधार तथा सामान हटाई आयोजनाको कामलाई सहज बनाइदिन कार्यवाहक वडाध्यक्ष छविलाल ओझाले आग्रह गरेका छन् ।
यस्ताे छ वडा कार्यालयकाे सुचना ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














गोसाइँकुण्ड मेला आउने तीर्थयात्रीका लागि खाना शुल्क निर्धारण
तरुण दल नुवाकोटको अध्यक्षमा दिलबहादुर तामाङ
त्रिशुली ढल विस्तारका लागि ७ दिनभित्र अस्थायी संरचना हटाउन विदुर–४ को ताकेता
टोखा-छहरे सडकखण्ड राति बन्द हुने
नुवाकाेटकाे एक निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा





प्रतिक्रिया