नुवाकाेटको पृथ्वी माविका ९ विद्यार्थीले ल्याए ४ जीपीए
नुवाकाेट । राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा अनुसार नुवाकाेटको सामुदायिक विद्यालय पृथ्वी माविका ९ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।

विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा रहेकाे पृथ्वी माविका ९ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका हुन् । प्रधानाध्यापक बाबुराम लामीछानेका अनुसार ४ जीपीए ल्याउनेमा ५ छात्रा र ४ छात्र रहेका छन् ।
पृथ्वीबाट ४ जीपीए ल्याउनेमा अलिस लामीछाने, दिलस न्याैपाने, दिलासा दाहाल, दिलासा पाैडेल र प्रजल प्रधान रहेका छन् । यस्तै ४ जीपीए ल्याउने अन्यमा रजनिश प्याकुरेल, साहारा अर्याल, सम्पदा श्रेष्ठ र संजिता पुडासैनी रहेका छन् ।
उक्त विद्यालयबाट यो पटक ९२ जना विद्यार्थी एसईईमा सामेल भएका थिए । जसमध्ये एक जनाबाहेक सबै उत्तीर्ण भएको प्रधानाध्यापक लामीछाने बताए ।
यस्तै नुवाकाेटबाट ४ जीपीए ल्याउने अन्य विद्मालयमा विदुर नगरपालिका वडा नम्बर ९ मा रहेकाे सुर्यज्याेती एकेडेमी र विदुर ४ बट्टारमा रहेकाे सुभेनियर बाेडिङ स्कुल रहेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ नुवाकाेटका अनुसार जिल्लामा ४ हजार ९ सय २५ विद्यार्थी एसईईमा सामेल थिए । परीक्षाको नतिजाको विवरण संकलन भइरहेको कार्यालयले जनाएको छ ।

प्रारम्भिक विवरणमा नुवाकाेटमा कुल ११ जना विद्यार्थीको चार जीपीए आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रगतिशिल माविमा शत प्रतिशत विद्यार्थी उर्तिण
नुवाकाेटको पृथ्वी माविका ९ विद्यार्थीले ल्याए ४ जीपीए
धादिङको बैरेनीमा दुई बस ठोक्किए, १२ जना घाइते
काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण





प्रतिक्रिया