तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ कात्तिके घर भएका आशिष घिमिरे मृत अवस्थामा फेला परेका छन् ।

गत साता साथीहरुसंग पौडी खेल्ने क्रममा त्रिशुली नदिमा बेपत्ता भएका उनको शव विदुर ३ सिंखालीको नयाँ पुल नजिक भेटिएको प्रहरीले जनाएको छ ।
विदुर ५ देवीघाटको शहिद जगत प्रकाशजंग शाह संस्कृत माविको गुरुकुलमा वसेर कक्षा ८ पढ्दै आएका उनी यहि फागुन २१ गते निर्वाचनको दिन साथीहरुसँग त्रिशुली नदिमा पोडी खेल्न गएका थिए । नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनको खोजी लामो सयमदेखि भएपनि पत्ता लागेको थिएन ।
घटनाको दिन गुरुकुलमा विद्यार्थीहरुलाई एक्लै छाडेर सबै मतदान गर्न गएपछि उनी सहित अन्य साथीहरु नदिमा पाैडी खेल्न गएको बताइएको छ ।
मृतक घिमिरेका परिवारले विद्यालयमा रेखदेखको लागि कोही नहुन दुखद भएको भन्दै दोषीलाई कारवाहीको माग समेत गरेका छन् । उनीहरुले विद्यालय प्रशासनले गम्भीर गल्ती गरेको भन्दै घटनाको निष्पक्ष छानविन हुनुपर्ने बताएका छन् ।
उनको शवलाई अहिले पोष्टमार्टमको लागि त्रिशुली अस्पताल लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे
कांग्रेस संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने निर्णय
नुवाकोटमा स्क्यान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित





प्रतिक्रिया