स्वर्गीय देविप्रसाद घिमिरेको नाममा चन्द्रज्योति माविमा एकलाखको अक्षयकोष स्थापना
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नमबर ५ तल्लो पिपलटारमा रहेको चन्द्रज्योती माध्यामिक विद्यालयमा समाजसेवी तथा पुर्व विद्यार्थी रामहरि घिमिरेले आफ्ना हजुरवुवाको संझनामा एक लाख १ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयको ६५ औ वार्षिक उत्सवको अवसर पारेर घिमिरेले आफ्ना स्वर्गिय हजुरबुवा देविप्रसाद घिमिरेको सम्झनामा एक लाख एक हजार एक सय एघार रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।
अक्षयकोषको उत्त रकम बरावरको चेक घिमिरेले विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, विदुर ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने लगायतको रोहवरमा विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण गर्दै घिमिरेले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यत्त गरे । उनले विद्यालयको शैक्षिक विकासक लागि अक्षयकोषले विशेष भुमिका खेल्ने बताए ।
विद्यालयमा अक्षयकोष स्थापना गरेका घिमिरेलाई विद्यालयले सम्मान समेत गरेको छ । बिदुर नगरपालिकाका प्रमुख श्रेष्ठ, उपप्रमुख वोगटी, विदुर ५ का वडाध्यक्ष न्यौपाने तथा विद्यालय परिवारले घिमिरेलाई दोसल्ला ओढाउनुको साथै सम्मान पत्रद्धारा सम्मान गरेको हो ।
अक्षयकोष स्थापनाको लागि विद्यालयलाई हस्तान्तरण गरिएको चेक ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका डा. लामिछाने विजयी
रसुवामा कांग्रेसका माेहन आचार्य विजयी
काठमाडौँ– ३ मा कुलमान घिसिङ पराजित
काठमाडौं–४ बाट कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने भट्टराईको निर्णय
रसुवामा कांग्रेसका आचार्यको फराकिलाे अग्रता





प्रतिक्रिया