टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
नुवाकोट । क्रिकेटको छोटो संरचनाको महाकुम्भ मानिने आइसिसी टी–२० विश्वकप शनिबारदेखि भारत र श्रीलङ्कामा सुरु हुँदै छ ।

२० टिम सहभागी हुने प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउँदै लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो । ३० दिनसम्म चल्ने विश्वकपमा ५५ खेल हुने छन् भने हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्ने छन् ।
समूह ‘सी’ मा रहेको नेपालले इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्ने छ । हालै वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेर इतिहास बनाएको नेपाललाई यसपालि सुपर–८ पुग्ने दाबेदारका रूपमा हेरिएको छ । कप्तान रोहित पौडेलले पनि यस विश्वकपमा अर्को चरणमा पुग्ने लक्ष्य लिएको बताउनुभएको छ ।
नेपाली टिमको खेलका सबै टिकट बिक्री भइसकेका छन्, जसले नेपाली समर्थकको उत्साह झनै बढाएको छ । उपाधिका लागि भारत, इङ्ग्ल्यान्ड र अस्ट्रेलिया प्रमुख दाबेदार मानिएका छन् भने विश्वकप राजनीतिक विवाद र स्वास्थ्य चिन्ताबीच सुरु हुँदै छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया