नुवाकोट युवा क्लबको अध्यक्षमा सुशन श्रेष्ठ

विदुर खबर २०८२ माघ १८ गते ८:३७

नुवाकोट । नुवाकोटको विदुर २ नुवाकोटमा रहेको नुवाकोट युवा क्लबको अध्यक्षमा सुशन श्रेष्ठ चयन भएका छन् ।

Advertisement

शनिवार क्लबको ४२ औ वार्षिक साधारणसभा तथा १५ औ अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा श्याम (रोबिन) डंगोल, सचिवमा अम्बिका श्रेष्ठ (डंगोल), सह–सचिवमा अनिल डंगोल र कोषाध्यक्षमा अच्युतम आचार्य निर्वाचित भएका छन् ।

Advertisement

क्लबका सदस्यहरुमा रामकुमार डंगोल, दिपु डंगोल,अस्मिना डंगोल,स्मृती डंगोल, सस्कार डंगोल र अबिरल डंगोल रहेका छन् ।

२०४० सालमा स्थापना भएको क्लबले विभिन्न सामाजिक काम गर्दै आइरहेको छ ।

Advertisement

प्रतिक्रिया