काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका तामाङको मृत्यु
नुवाकोट । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ गोकर्ण जनसाहरा चोकमा मोटरसाईकल दुर्घटना हुँदा नुवाकोटका एक जनाको मृत्यु भएको छ ।

जनसाहरा चोकस्थित सडकमा बा.७३ प १२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए काठमाडौँको टोखा बस्ने नुवाकोट घर भएका २६ वर्षीय रामबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।
गएराति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक तामाङ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबिच काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा बा.प्र ०२–०६१ प ७२३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक तारकेश्वर नगरपालिका–४ गुहेश्वरी बस्ने धादिङ घर भएका १८ वर्षीय राहुल श्रेष्ठको आज मृत्यु भएको छ ।
गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया