नुवाकोट २ मा केसीले जोगाउलान् परिवारको विरासत ?
नुवाकोट । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी नुवाकोटको राजनीतिमा दशकौँदेखि निरन्तर सक्रिय रहँदै आएका व्यक्ति हुन् ।

विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा जनआन्दोलन, संविधान निर्माण र जिल्लाको विकाससम्म फैलिएको छ । केसी पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माण प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरेका एक राजनीतिक योद्धा हुन् ।
राज्य व्यवस्था समिति, अर्थ समिति, संविधान मस्यौदा समिति तथा सुडान घोटाला छानबिन समिति सदस्यका रूपमा उनले संसदीय जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाएका थिए । विशेष गरी सुडान घोटाला छानबिन समितिमा उनको सक्रियताले उच्च तहसम्मको भ्रष्टाचार सार्वजनिक हुन सहयोग पुर्याएको थियो ।
राउतबेसी, नुवाकोट जन्मिएका केसीले २०३२ सालमा शान्ति विद्यागृहमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघको इकाइ सभापतिका रूपमा राजनीतिक यात्रा थालेका हुन्। २०३६ सालको अमृत साइन्स क्याम्पस घटना, २०४२ को सत्याग्रह, २०४६ र २०६२/६३ का जनआन्दोलनमा उनको सक्रिय सहभागिता रहेको थियो ।

२०४२, २०४६ र २०६२/६३ मा गरी झण्डै छ महिना जेल जीवन बिताएका केसी केही समय भूमिगतसमेत रहनुपरेको थियो । दोस्रो जनआन्दोलनका क्रममा गोंगबु र्यालीको कमाण्डरको जिम्मेवारी सम्हाल्दा उनी गोली लागेर गम्भीर घाइते भएका थिए। त्यसका बाबजुद आन्दोलन नछोड्नु उनको राजनीतिक प्रतिबद्धताको उदाहरण मानिन्छ ।
केसी चार पटक नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापतिमा निर्वाचित भएका नेता हुन् । २०६० सालमा उनको अध्यक्षतामा जिल्ला समितिले गणतन्त्रको पक्षमा आधिकारिक निर्णय गर्नु नुवाकोट कांग्रेसको ऐतिहासिक मोड मानिन्छ । जिल्ला सभापतिको हैसियतमा उनले पार्टी संगठन सुदृढीकरण, स्थानीय समस्या केन्द्रसम्म पु¥याउने र पार्टीभित्र साझा धारणा निर्माणमा भूमिका खेले ।
२०१८ मा ककनीमा आयोजित जिल्ला सभापतिहरूको भेलाबाट जारी ३८–बुँदे घोषणाले कांग्रेसभित्र संगठनात्मक बहसलाई राष्ट्रिय स्तरमा पु¥याएको थियो । केसी जस्ता नेताहरुको यबि जोडबलका कारण लामो समयदेखि संवेधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएको कांग्रेस गणतन्त्रको यात्रामा पुगेको इतिहास हामी सबैका साम” ताजै छ ।
यस्तै सांसद रहँदा केसीले नुवाकोटमा बजेट भित्र्याउन र पूर्वाधार विकासमा जोड दिए । मध्यपहाडी लोकमार्ग विस्तार, बालाजु–विदुर सडक, जोर–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन, ओखरपौवा–गल्छी वैकल्पिक राजमार्ग पुनर्निर्माण जस्ता योजनामा उनको पहल प्रशंसायोग्य मानिन्छ । स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राख्दै उनले बेरोजगारी नै जिल्लाको मुख्य समस्या भएको तर्क गर्दै युवामुखी अवसर सिर्जनामा जोड दिँदै आएका छन् ।

नुवाकोट क्षेत्र नं. २ मा कांग्रेस, एमाले, रास्वपा, राप्रपा लगायत दलबीच कडा प्रतिस्पर्धा देखिए पनि कांग्रेसको सांगठनिक आधार र केसी परिवारको राजनीतिक प्रभावलाई नजरअन्दाज गर्न सकिँदै । २०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार अर्जुननरसिंह केसीको विजयलाई यही निरन्तरताको परिणामका रूपमा हेरिन्छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार जगदीश्वरनरसिंह केसीको शक्ति उनको जनसम्पर्कमा छ । चुनावी समय मात्र होइन, सामान्य अवस्थामा पनि जनताको घरदैलोमा पुग्ने, दुःख–सुखमा साथ दिने व्यवहारले उनलाई ‘जमिनबाट उभिएको नेता’को छवि दिएको छ । यही कारण बदलिँदो राजनीतिक वातावरणबीच पनि नुवाकोटमा उनको प्रभाव कायमै देखिन्छ । यस पटकको निर्वाचनमा नेकपा एमालेका केशव पाण्डे,नेपाली कम्युनिष्ट पार्टीका नेता हिरानाथ खतिवडा, राष्ट्यि स्वतन्त्र पार्टीकातर्फबाट बागमती प्रदेश अध्यक्ष अच्चुतम लामिछाने र राप्रपाबाट झनक प्याकुरेल मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएका छन् ।
उक्त क्षेत्रमा स्वतन्त्रसहित ११जना उम्मेदवार चुनावी मैदानमा भएपनि निर्वाचनमा चार दलबीच मुख्य प्रतिस्पर्धा रहने अनुमान गरिएको छ । गत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उनका दाजु अर्जुननरसिंह केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी भएका थिए । उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४ सय ७७ मत र नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याएका थिए ।
जेनजी आन्दोलनपछि पूराना दलहरुप्रति जनताको विश्वामा कमी आएको चर्चा रहेपपनि नुवाकोटमा भने केसी परिवारको ५० वर्षदेखि अनबरत संघर्ष र योगदानका कारण यस पटकको निर्वाचनमार्फत पनि अर्जुननरसिंह केसीको विरासत उनका भाई जगदीश्वरनरसिंह केसीले जोगाउन सक्ने धेरैले अनुमान गरिरहेका छन् । यात्रा पक्कै पनि चुननौतीपूर्ण छ , तर जनताको घर दैलौमा लगातार पुग्ने र विकासकासाथ दुःख सुखमा साथ दिनेहरु नै जनताको रोजाईमा पर्ने हो ।
यसर्थ त्यो चूनौतका पहाडलाई केसीले सजिलै पार लगाउने धेरैको अनुमान छ । यसको अन्तिम नतिजाका लागि भने फागुन २१ पछि मात्रै भन्न सकिनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













युवालाई फुटाउने राजनीति धेरै देख्यौ, अब जुट्ने राजनीति चाहिन्छ : गुरुङ
नुवाकोट २ मा केसीले जोगाउलान् परिवारको विरासत ?
रुकुम पूर्वमा भारी हिमपात
तारकेश्वरमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा जाँदै कांग्रेस





प्रतिक्रिया