शिवपुरी अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

विदुर खबर २०८२ पुष १८ गते ११:२६

नुवाकोट । लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई बिहीबार एक करोड ७६ लाख २० हजार रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

Advertisement

लायन्स क्लब इन्टरनेशनलका निवर्तमान निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्सको ‘डिस्ट्रिक्ट गभर्नर’ विनोद ढुंगाना र परियोजना संयोजक एवं ‘लायन्स क्लब अफ ओमकारका प्रेसिडेन्ट रामहरि सिलवालसहितको टोलीले गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया र उपाध्यक्ष वीरबहादुर तामाङलगायतलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

शिवपुरी–५, चालिसेस्थित अस्पतालमा लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेशनका साथै ‘लायन्स क्लब अफ ओमकार’ र ‘लायन्स क्लब अफ मिडटाउन’को सहयोगमा संकलित ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

Advertisement

प्रतिक्रिया