तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोष स्थापना

विदुर खबर २०८२ पुष १६ गते १९:४७

नुवाकोट । नुवाकाेटकाे तारकेश्वर गाउँपालिकाले गत कार्तिक महिनामा भएको भारी वर्षाका कारण धानबालीमा क्षति पुगेका कृषकहरूको राहत तथा परिपरणका लागि र ५० लाख रूपैयाँको धानबाली क्षतिपूर्ति कोष स्थापना गरेको छ ।

Advertisement

आज बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका अध्यक्ष शिव अधिकारीको प्रस्तावमा क्षतिपूर्ति कोष खडा गर्ने निर्णय गरेको हो। निर्णय लगत्तै कोष स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष अधिकारीले कोषमा तत्काल १० लाख रूपैयाँ दाखिला गर्ने र अन्य शीर्षकबाट जोहो गरी ४० लाख थप गरेर ५० लाख पुर्‍याउने बताए ।

कार्तिक महिनामा लगातार चार पाँच दिनसम्म परेको अविरल वर्षाका कारण खेतमा धान काटेका किसानहरूको धानबालीमा क्षति पुगेको थियो ।

Advertisement

वर्षा रोकिएको २४ घण्टाभित्रै अध्यक्ष अधिकारीको निर्देशनमा गाउँपालिकाका प्राविधिकहरूको टोलीले प्रत्येक वडाका धान खेती हुने सबै फाँटहरुमा प्रत्यक्ष रुपमा अवलोकन गरी क्षतिको यथार्थ विवरण संकलन गरेको थियो ।

सोही विवरणका आधारमा कृषकहरुलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराइने अध्यक्ष अधिकारीले विदुर खवरलाइ जानकारी दिए ।

Advertisement

प्रतिक्रिया