पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
नुवाकोट । कांग्रेसभित्र पुस्तान्तरण, नेतृत्व परिवर्तन र युवालाई अवसर दिनुपर्ने मुद्दा उठाउँदै पार्टी सभापति शेरबहादुर देउवामाथि सधैं आलोचना गर्दै आएका नेता हुन्– अर्जुननरसिंह केसी ।

पंचायतकालदेखि निर्वाचन लड्दै मन्त्री बन्दै आएका केसी ७८ वर्षको उमेरमा पनि आफैं समानुपातिक सूचीमा बसेका छन् ।
राजनीतिक अवसर नपाएर किनारमा परेकालाई माथि ल्याउने सैद्धान्तिक मान्यता राखेर व्यवस्था गरिएको समानुपातिक सूचीमा पाँच पटक मन्त्री भइसकेका र सबैभन्दा बढी चुनाव लडेका केसीको नाम परेकामा कांग्रेसमा चर्को आलोचना भएको छ । पुस्तान्तरणको कुरा गर्ने तर आफैं पालो नछाड्ने भन्दै उनको बोली र व्यवहारलाई लिएर आलोचना बढेको हो ।
विद्यार्थी राजनीतिमा केसी कांग्रेसमा थिए । पछि उनी पंचायत पसे । त्यसपछि २०३८ सालमा राष्ट्रिय पंचायतमा पहिलो चुनाव लडेका थिए । चुनाव जितेपछि उनी राज्यमन्त्री समेत भए । त्यसपछि पंचायतकै बेला २०४३ सालमा दोस्रोपटक चुनाव लडे तर हारे । त्यसपछि ०४५ सालमा जिल्ला पंचायतको सभापति भए । पंचायतकाकालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको नजिक भएर उनले काम गरेका थिए । ०४६ सालपछि उनी कांग्रेस फर्किएका हुन् ।
२०४८ र २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी नुवाकोटबाट निर्वाचित भएका थिए । ०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्ष चुनाव जितेर फेरि संसद् पुगे । २०७९ सालको निर्वाचनमा पनि उनी प्रतिनिधिसभा सदस्य भए । सार्वजनिक मञ्च र पार्टी बैठकहरूमा पटक–पटक देउवालाई लक्षित गर्दै नेतृत्व पुस्तान्तरणको मुद्दा उठाइरहेन केसी निर्वाचनका बेलामा भने कुनै न कुनै बाटोबाट हरेक पटक संसद्मा पुग्ने बाटो खोजिरहन्छन् ।
०६४ को संसद्देखि नै समानुपातिक सूचीमा रहेकालाई यसपटक अवसर नदिने नीति बनाएर सकारात्मक सन्देश दिन खोजेको कांग्रेसले पटक–पटक मन्त्री भएका र राजनीतिको केन्द्रीय तहमा रहेकालाई भने रोक्न सकेन ।
नुवाकोटबाट–२ बाट भाइ जगदीश्वर केसीलाई प्रत्यक्षबाट सिफारिस गरेर केसीले आफ्नो नाम समानुपातिक सूचीमा राख्न लगाएका थिए । समानुपातिक सूचीतर्फ खस आर्य ‘क्लष्टर’मा उनको नाम पहिलो नम्बरमा समावेश छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया