माङ्चे भुमे मन्दिरलाई खड्काको एकलाख सहयोग

विदुर खबर २०८२ पुष १३ गते २१:४७

नुवाकोट । शिवपुरी गाउँपालिका वडा नम्बर १ मा रहेको माङ्चे भुमे मन्दिर व्यवस्थापनको लागि नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ अध्यक्ष तथा समाजसेवी शुसिल कुमार खड्काले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

Advertisement

आईतवार खड्काले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ईश्वरबहादुर गुरुङ लगायतको उपस्थितिमा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष राममाया तामाङलाई नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि खड्काले विभिन्न मठमन्दिरहरुको पुननिर्माणदेखि विभिन्न असहाय गरिब र फरक क्षमता भएका व्यक्तिहरुलाई आर्थिक र विविध सहयोग गरिरहेका छन् ।

Advertisement

प्रतिक्रिया