संस्कृत माविमा सुबिसुको निशुल्क इन्टरनेट
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको शहिद जगत प्रकाशजंश शाह संस्कृत माध्यामिक विद्यालयमा सुविसु लिमिटेडले निशुल्क ईन्टरनेट जडान गरिदिएको छ ।

सुविसु लिमिटेडको २५ औ वार्षिक उत्सवको अवसर पारेर संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा निशुल्क इन्टरनेट जडान गरिएको हो । आईतवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सुविसु लिमिटेडका टेक्निकल ईन्चार्ज महेश रिजालले विद्यालयका प्रध्यानाअध्यापक मञ्जु चित्रकारलाई वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेको उपस्थितिमा ईन्टरनेटका सामाग्रीहरु वितरण गरेका छन् ।

कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले सुविसुले जिल्लाभरको विद्यालयमध्ये संस्कृत मावि छनौट गरेर निशुल्क सेवा दिन लागेको भन्दै खुशी व्यत्त गरे । उनले यस्ता प्रकारको सहयोग वडाको अन्य विद्यालयमा पनि आवश्यकता र पहिचानको आधारमा भए अझ प्रभावकारी हुने बताए । वडाध्यक्ष न्यौपानेले विद्यार्थीहरुले इन्टरनेटको सही ढंगले प्रयोग गर्ने समेत विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा सुविसु लिमिटेडका टेक्निकल ईन्चार्ज महेश रिजालले विद्यालयमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले एकसय एमबिपिएस गतिको इन्टरनेट १ वर्ष सम्मका लागि निःशूल्क उपलब्ध गराएको बताए ।

उनले विद्यालयको आवश्यकताको पहिचान गरेर डिजिटललाईजेसन गर्न सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
उनले कम्पनीले विगतका आर्थिक वर्षहरु देखिनै सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रमहरु गरिरहेकोले यस्ता कार्यक्रमहरुलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिने बताए ।
कार्यक्रममा विद्यालयका प्रध्यानाअध्यापक मन्जु चित्रकारले विद्यालयमा पर्याप्त मात्रामा इन्टरनेट नहुँदा अध्ययन अध्यापनमा समस्या भइरहेकोले यसले सहज हुने विश्वास व्यक्त गरिन् । प्रध्यानाअध्यापक चित्रकारले इन्टरनेटको समस्याले गुरुकुलमा भएको विभिन्न गतिविधिहरु अनलाईन गर्न असहज भइरहेकोले यसले राहात महसुस गरेको बताइन् ।

कार्यक्रममा सुविसु नुवाकोटका शाखा प्रमुख नारायण रिमाल लगायतको उपस्थिति रहेको थियो । नुवाकोटमा पहिलो इन्टरनेट सेवा दिएको सुविसुको झण्डै २ हजारभन्दा बढी ग्राहक छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रवि-बालेन एकताको प्रभाव खासै छैन : महत
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु
माङ्चे भुमे मन्दिरलाई खड्काको एकलाख सहयोग
संस्कृत माविमा सुबिसुको निशुल्क इन्टरनेट
रसुवागढी नाका ६ महिनापछि खुल्यो





प्रतिक्रिया