निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट । नुवाकोटको बेलकोटगढीमा अवस्थित प्रसिद्घ निरन्जना भगवती मन्दिर पछिल्ला वर्षहरूमा धार्मिक आस्थासँगै पर्यटन विकासको केन्द्र बन्दै गएको छ ।

नियमित पूजाआजाका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्दै जाँदा मन्दिर क्षेत्रले धार्मिक–पर्यटकीय पहिचानसमेत स्थापित हुँदै गएको छ । विशेषगरी प्रत्येक शनिवार र मंगलवार भक्तजनहरूको सहभागिता हुने मन्दिरमा दैनिक १० देखि ५० जनासम्म आन्तरिक पर्यटकहरु दर्शन र अवलोकनका लागि पुग्ने गरेका छन् ।
मन्दिर संरक्षण समितिका अनुसार पछिल्लो समय बेलकोटगढी क्षेत्र नुवाकोट भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको रोजाइमा पर्ने एउटा गन्तव्यको रुपमा हेरिन थालेको छ । पछिल्ला तीन वर्षयता मन्दिर परिसर तथा ऐतिहासिक गढीको पुनर्निर्माण, सजावट र संरचनात्मक सुधार र निर्माणमा दुई करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।
गढीबाट नुवाकोट जिल्लाको करिब ६० प्रतिशत भू–भाग अवलोकन गर्न सकिने भएकाले पनि आकर्षणको केन्द्र बन्दै गएको छ । बेलकोटगढी नगरपालिका–१० मा रहेको यस स्थानबाट नुवाकोटका अधिकांश भू– भागसँगै रसुवा र धादिङका केही भूभाग देख्न सकिन्छ । स्थानीय युवा किशोर ओलीका अनुसार प्राकृतिक सुन्दरता, ऐतिहासिक महत्व र धार्मिक आस्थाका कारण यो क्षेत्र पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ ।
यसैबीच, सम्पदा संरक्षण अभियानअन्तर्गत निरन्जना भगवती मन्दिरको प्रवेशद्वारमा देवीको वाहनका रूपमा चिनिने बाघको मूर्ति विधिवत् रूपमा स्थापना गरिएको छ । द्वाररक्षक देवीको वाहनस्वरूप बाघको स्थापना धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मानिन्छ । मन्दिर प्रवेशद्वारमा देवी वाहनको स्थापना हुनु सुरक्षा, शक्ति र आध्यात्मिक चेतनाको प्रतीकात्मक अभिव्यक्ति भएको बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले बताए । चालु आर्थिक वर्षमा बेलकोटगढी नगर पालिकाले सीमित बजेट विनियोजन गरी मन्दिर र बेलकोटगढीमा सजावटको काम भइरहेको छ । यसका साथै पुरातत्व विभागले पनि बेलकोटगढी संर क्षण अभियानलाई जारी राखेको छ ।
धार्मिक आस्था, ऐतिहासिक सम्पदा र प्राकृतिक दृश्यको त्रिवेणीका रूपमा निर न्जना भगवती मन्दिर क्षेत्रलाई दीर्घकालीन पर्यटन विकाससँग जोड्न सकिने सम्भावना बलियो बन्दै गएको वडाध्यक्ष प्रलादप्रसाद थपलियाले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया